Worldlink ads

सगरमाथा टोल विकासको तालिम

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
sharma

पोखरा ६, असार। सगरमाथा टोल विकास संस्था पोखरा लेखनाथ वडा १४ ले महिला आदिवासी जनजाति उत्थान एवम् क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको छ।  तीन दिनसम्म सञ्चालित उक्त तालिममा ५१ जना सहभागी थिए।

वडाध्यक्ष प्रेमबहादुर कार्कीले बुधबार प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सुझाव दिए ।

कार्यक्रममा वडासदस्य जितेन्द्रजंग थापा, प्रगतिटोल विकास संस्थाका अध्यक्ष डेलबहादुर गुरुङ, संस्थाका विज्ञ सल्लाहकार प्रहरी नायव निरीक्षक होसबहादुर रोका, शीतलमार्ग टोल विकास संस्थाका सचिव कविता कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष रुपबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष पवित्रा पचभैयाले स्वागत र सचिव कृष्णप्रसाद बरालले सञ्चालन गरेका थिए।

कार्यक्रमका प्रमुख प्रशिक्षक पोखरा लेखनाथ महानगरपालिकाका वित्त अधिकृत सविता ढुंगानाले कार्यालय व्यवस्थापन, महिला मानवअधिकार सञ्जाल कास्कीका उपाध्यक्ष तारामाया थापाले गृह व्यवस्थापन र भाषणकला पाठशालाका प्रमुख प्रशिक्षक नरमाया रसाइली तथा तालिम संयोजक गंगा मरासिनी बराइलीले क्षमता विकास एवम् उद्घोषण विषयमा प्रशिक्षण दिएका थिए।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग