Worldlink ads

महिला ह्याण्डबलमा लेट्स प्ले विजयी

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
handball photo

पोखरा, ६ असार । अन्तर्राष्ट्रिय ओलोम्पिक दिवस अवसरमा पोखरामा भएको महिलास्तरीय ह्याण्डबल प्रतियोगितामा लेट्स प्ले ह्याण्डबल क्लब विजयी भएको छ।

पोखरा एकेडेमीलाई ५-४ गोलअन्तरले पराजित गर्दै उसले पुरस्कारस्वरुप ३ हजार रुपैयाँ पायो । उपविजेताले २ हजार पायो ।

खेलमा अर्मला मावि अनुशासित टिम घोषित भयो भने लेट्स प्ले हृयाण्डबल क्लबकी शिला रेग्मीसर्वाधिक गोलकर्ता घोषित भइन्।प्रतियोगितामा पोखरा एकेडेमीकी दीप्ति गुरुङ उत्कृष्ट खेलाडी भइन्।

विजयीलाई सांसद मीना गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्या जगबहादुर गुरुङ, सचिव टेकबहादुर गुरुङ र सहसचिव दीननाथ बरालले मेडल, ट्रफी, प्रमाणपत्र र नगद प्रदान गरेका थिए। कार्यक्रम प्रतियोगिता संयोजक पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads