पोखरा, ६ असार । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वाषिर्कोत्सव अवसरमा शाखा कार्यालय, पोखराले गरिब तथा विपन्न वर्गका परिवारलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको छ।
कास्कीको लेखनाथस्थित पैतेडाँडाका गरिब तथा विपन्न वर्गका ५० घरधुरीलाई कम्पनीका पोखरास्थित क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठ र पैतेडाँडा टोल विकास समिति अध्यक्ष लक्ष्मी परियारले बुधबार झुल सहित खाद्यान्न वितरण गरेका हुन्।
अधिकांश दलित वस्ती रहेको सो गाउँका बासिन्दाहरुले गाउँमै आएर गरेको सो सहयोगप्रति टोल किवास समिति अध्यक्ष परियारले आभार प्रकट गरिन्।
वितरण समारोहमा इन्स्योरेन्स कम्पनीका प्रवीण गिरी, बाबुराम अधिकारी, पत्रकार ऋषिराम दाहाल, विजय नेपाल, अमृत सुवेदी, कृष्ण रानाभाट लगायत उपस्थित थिए।
काठमाडौंमा प्रधान कार्यालय रहेको सो कम्पनीले देशभर ४१ शाखा छन्।
कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठले कम्पनी र बिमाबारे जानकारी गराएका थिए।
वीरगञ्जमा रजिष्र्टड सो कम्पनी निर्जीवन बिमा कम्पनी हो।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१