डा उपेन्द्र देवकोटाको निधन

आदर्श समाज सम्वाददाता
असार ५, २०७५

काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्सटिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उनी सो इन्सटिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ थिए ।

पित्तथैलीको अर्बुदरोगका कारण करीब १ वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५:३५ बजे निधन भएको उनका भजिता वसन्त देवकोटाले जानकारी दिए ।

छ महिनाअघि बेलायतमा उपचार गर्न लगिए पनि रोग निको नहुने भएपछि उनी स्वदेशमै देहत्याग गर्ने इच्छासहित स्वदेश र्फकेका थिए ।

बिरामी अवस्थामा नै आफू जन्मेको घरको पिँढीमा सुस्ताउने र त्यहाँको सिस्नेधाराको पानी पिउने इच्छा गरेबमोजिम उनलाई गत जेठ २६ गते हेलिकप्टरमा त्यहाँ लगिएको थियो । २०१० साल पुस ४ गते गोरखाको पण्डितगाउँ लिगलिगमा जन्मेका डा देवकोटाका श्रीमती र ३ छोरी छन् । श्रीमती डा मधु दीक्षित तथा छोरीहरू मेघा, वसुधा र मञ्जरीले उनको काजक्रिया ७ दिनमा सक्ने अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पूर्व स्वास्थ्यमन्त्री डा देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि अपराहृन १ बजेसम्म श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमा राखिनेछ भने त्यसपछि नारायणगोपाल चोकबाट शवयात्रासहित पशुपति आर्यघाटमा विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ ।

डा देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन्। वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) मा रुपान्तरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • जननी तीज संवादमा उद्यमी महिला आवाज

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । ‘जननी तीज संवादः उद्यमीका आवाज’ कार्यक्रममा महिला उद्यमीहरुले उद्यमशीलताका यात्रा अनुभव सुनाएका छन् । उनीहरुले उद्यमशीलता क्षेत्रमा भोगेका…
  • ८४ सम्मै गठबन्धन टिक्छ: सरकार प्रवक्ता

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिलेको गठबन्धन आगामी ८४ को चुनावसम्मै टिक्ने दाबी गरेका छन् ।…
  • पाल्पाली समाजको चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पोखरा, १५ भदौ । पाल्पाली समाज पोखराको आयोजनामा तीज अवसरमा चेलीबेटी भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।…

hero news full width