पार्टीअन्तरघात मुक्त बनाउँछु : देउवा

आदर्श समाज सम्वाददाता
असार ५, २०७५

चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई अन्तरघात मुक्त बनाउने बताएका छन्।

नेपाल दलित संघ चितवनले सोमबार भरतपुर आयोजना गरेको प्रदेश ३ को दुर्इदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले पार्टीलाई अन्तरघातीमुक्त बनाएपछि मात्रै काँग्रेस पुरानै अवस्थामा फर्किने बताए। उनले भने, ‘अन्तरघातीलाई सहन सक्ने समय अब छैन।’ आफू काँग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिडेको बताउँदै उनले अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताए। पार्टीभत्रकै घात-अन्तरघातका कारण काँग्रेसले २५ सिटमा जित्दा जित्दै पनि हारेको उनको भनाइ थियो।

गत निर्वाचनमा अन्तरघात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको बताउँदै देउवाले  भने ‘यस्ता अन्तरघातीलाई पार्टीका कहिलेसम्म राख्ने – सधै अन्तरघात भए पार्टीे कसरी जित्छ -’

संघीय संसद र प्रदेशसभाको चुनावमा तत्कालीन एमाले र माओवादी दुर्इ पार्टीएक भएर चुनावमा भिडेको तर काँग्रेस पार्टीएउटै भएपनि दुर्इ पार्टीजसरी चुनाव लडेको बताउँदै देउवाले प्रश्न गरे, ‘यसरी पनि चुनाव जितिन्छ ? मान्छेहरु आफू चुनाव जित्न सक्दैनन् दोष मलाई दिन्छन्। के कारणले चुनाव हारेँ भनेर पत्तो नपाइ दोष मलाई दिने ?’

छिन-छिनमा विचार, मनस्थिति परिवर्तन गर्नेहरुका कारण निर्वाचनमा हार व्यहोर्नु परेको बताउँदै उनले भने, ‘भरतपुरको निर्वाचनमा प्रचण्डको छोरीलाई भोट हालभन्दा नहाल्ने तर प्रचण्डलाई नहालभन्दा भोट हाल्ने यस्तो अन्तरघात।’ निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर नहुने भन्दै उनले हार के कारणले भयो उम्मेदवारले खोज्नुपर्ने बताए। नेपालको इतिहासमा पहिलो पटक ठूला दुर्इ वाम गठबन्धन गरेर काँग्रेस एक्लै निर्वाचनमा होमिएको बताउँदै उनले तालमेल गर्दा पनि काँग्रेसका कार्यकर्ताहरुले भोट नहालेको बताए। उनले भने, ‘स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा मत हाल्न सकिँदैन भनेर विरोध गर्ने अनि तालमेल नगर्दा सभापतिको कारण निर्वाचन हारियो भन्ने ? यो कस्तो कुरा हो ?’

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीलाई एक ढिक्का कसरी बनाएर लैजाने भन्ने प्रश्नचिन्ह खण्डा भएको बताए। उनले भने, ‘मलाई भगवान्ले वरदान माग भन्यो भने पार्टीलाई एक ढिक्का बनाउन सकूँ भन्छु।’ वामएकतासँग प्रतिस्पर्धा गर्ने समयमा पार्टीभित्रको तिक्तताले समस्या उत्पन्न गराएको उनको भनाइ थियो। काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताए। कम्युनिष्टहरुले राष्ट्रियतालाई सत्तामा जाने भर्‍याङमात्रै बनाएको भन्दै सरकारका गलत कामको भण्डाफोर गर्ने समय आएको बताए।

दुर्इ दिन चल्ने प्रशिक्षणमा प्रदेश ३ का काँग्रेसबाट वडा तहमा प्रतिनिधित्व गर्ने र चितवनका उपविजेता बनेकासहित २ सय दलितको सहभागिता रहेको छ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width