मुहानदेखि चुहानसम्मको खानेपानी शुद्ध हुनुपर्छः जिसी

आदर्श समाज सम्वाददाता
असार ५, २०७५
khana pani 4

लेखनाथ, ४ असार। पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पानी मुहानदेखि चुहान -धारा) सम्म शुद्ध र खानयोग्य हुनुपर्नेमा जोड दिएका छन् ।

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १७ औं वाषिर्क साधारण सभाको सोमबार उद्घाटन गर्दै प्रमुख जिसीले सो कुरा बताएका हुन् ।

उनले उपभोक्ताको घरसम्म शुद्धपानी पुर्‍याउने जिम्मा संस्थाको हो भने घरमा पुगेको शुद्धपानी कस्तो प्रकारले प्रयोग गरी निरोगी बन्नेबारे नगरबासी स्वयं सचेत भइसकेकाले नयाँ-नयाँ प्रविधि प्रयोग गरी गुणस्तरीय पानी वितरण गर्न संस्थालाई सुझाव दिए ।

बढ्दो सहरीकरण र बसाइँ सराइलाई ध्यानमा राख्दै अब बन्ने योजनालाई पनि निर्वाहमुखी बनाएर कति दिन चलाउनेतर्फ प्रत्रि्रश्न गर्दै प्रमुख जिसीले दीर्घकालीन योजना र प्रविधिमैत्री वातावरणबाट अगाडि बढेमात्र हामीहरुले परिकल्पना गरेको महानगरपालिका बन्न सक्ने बताए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले संस्थाको गतिविधि र भावी योजनाका बारेमा जानकारी गराउँदै बढ्दो जनसंख्यालाई विद्यमान योजनाले धान्न नसक्ने भएकाले वैकल्पिक परियोजनाको खोजी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता बखानसिह गुरुङ, शंकर पौडेल, कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई, संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष बोधराज लामिछाने, वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बराल, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, क्षेत्रीय अनुगन तथा सुपरीवेक्षण कार्यालयका सिनियर डिभिजन किरण पौडेल, निर्मलपोखरी पुडी खानेपानी योजना अध्यक्ष केशर निदोर्सी र महिला तर्फपबाट बिमला पहारी लगायतले खानेपानी शद्धिकरणलाई मध्यनजर राख्दै सबै जना जिम्मेवार बन्नुपर्ने सुझाव दिए।

सोही अवसरमा संस्थाको स्थापना कालदेखि सहयोग पुर्‍याउँदैआएका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, विभिन्न क्षेत्रका असल कर्मचारी मकनबहादुर गुरुङ, कोपिला नेपाली, रनबहादुर गुरुङ, महेन्द्रप्रसाद तिवारी र असल उपभोक्ता रामजीप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव मुराली शर्मा र धन्यवाद ज्ञापन उपाध्यक्ष हरिप्रसाद लामिछानेले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width