सहारा एकेडेमीलाई परिवारकै सहयोग

आदर्श समाज सम्वाददाता
असार ५, २०७५
sahara

पोखरा, ४ असार। सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई क्लबका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ तथा उनका परिवारले आर्थिक सहयोग गरेका छन्।

रामचन्द्रसहित धर्मपत्नी उमादेवीले संयुक्त १ लाख १ सय ५ रुपैयाँ र छोरी उरुप्साले ५० हजार प्रदान गरेका हुन्। यस्तै, रंगशाला आमा समूह अध्यक्ष समाजसेवी चन्द्रावती गुरुङले समेत १ लाख १ सय ५ रुपैयाँ प्रदान गरिन्। सहयोगदाता रामचन्द्र गुरुङका परिवार र चन्द्रवती गुरुङले सहयोग रकम सहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

एकेडेमी गतिविधिबारे जानकारी दिँदै एकेडेमीका संयोजक एवं क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले एकेडेमी सञ्चालन गर्न मासिक २ लाख खर्च लाग्ने बताए।

सो अवसरमा सहयोगी गुरुङ परिवारद्वयलाई क्लब सल्लाहकार परिषद् सभापति वीरभद्र आचार्यले हार्दिक धन्यवाद दिए । सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालक आश्रति छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width