आइर्एमईको पोखरामा प्रभातफेरी

आदर्श समाज सम्वाददाता
असार ३, २०७५

पोखरा, २ असार । चौथो अन्तर्राष्ट्रिय पारिवारिक व्रि्रेषण दिवस अवसरमा आइर्एमईले पोखरामा शनिबार प्रभातफेरी निकाल्यो ।

प्रवासी/आप्रवासी नागरिकले परिवारको लालनपालन र आफू जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पुर्‍याउँदैआएको योगदानको सम्मानमा सन् २०१५ देखि हरेक १६ जुनमा सो दिवस मनाउँदै आइएको छ ।

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र  सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्तहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौँ’ भन्ने नाराअंकित प्ले-कार्ड बोकेर गरिएको प्रभातफेरीमा आइर्एमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्धनिर्देशक हेमराज ढकाल, आइर्एमई लि. का प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइर्एमईका ब्राण्ड एम्बासेडर दीपकराज गिरी र दीपा निरौला लगायत आइर्एमईका व्यावसायिक साझेदार एवम् आइर्एमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारी सहित करिब २ सय जनाको उपस्थिति थियो।

बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु प्रभातफेरी मुस्ताङचोक, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, राष्ट्रबैंकचोक हुँदै पुनः बिरौटा पुगेर समापन भएको आइर्एमई ग्रुपका जनसर्म्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जानकारी दिए ।

आफ्नो संस्था स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउनप्रतिबद्व आईर्एमई कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४आइर्एमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव-एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो-छरितो, व्ािश्व्ासनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width