लेखनाथ हार्डवेयर एशोसिएसनद्वारा स्टेशनरी सामग्री वितरण

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
hardwayar assosan 2

लेखनाथ, २ असार। लेखनाथ हार्डवेयर एशोसिएसनले छैटौं वाषिर्कोत्सव अवसरमा विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरेको छ।

एशोसिएसन आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा २९, नवदुर्गा अधारभुत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई स्टेशनरीसहित झोला वितरण गरेको हो।

एशोसिएसन सल्लाहकार सदस्य सुदीप गुरुङले विद्यार्थीलाई चक्लेट वितरण गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी र अतिथिले विद्यार्थीलाई स्टेशनरी सहितको झोला प्रदान गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोलानाथ सुवेदीले कार्यक्रमको लागि आफ्नो विद्यालयलाई छनोट गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु हुने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरुङले सहयोगप्रति आभार व्यक्त गर्दै व्यवसायीहरुको पनि व्यावसायिक सफलताको कामना गरे।

एशोसिएसनका प्रथम उपाध्यक्ष विजय गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक अर्जुन पंगेनीले स्वागत र सचिव ऋषिराम जमरकट्टेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width