रानीपौवादेखि अमरसिंहचोकसम्म सरसफाइ

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
cleaning

पोखरा, २ असार । पोखरामा जारी सफाइ अभियान शनिबार रानीपौवाचोकदेखि अमरसिंहचोकसम्म सम्पन्न भएको छ ।

‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषसाथ संचालित अभियानअन्तर्गत १०७ हप्ताको कार्यक्रममा सो क्षेत्रमा सरसफाइसँगै मुख्य सडकखण्डमा नागरिक अधिकार हनन् हुने गरी थुपारिएका निर्माण सामग्री, वषौर्देखि निजी पार्किङस्थलका रुपमा राख्दिैआएका पावरटिलर र भ्यान एवं सडक सभ्यतामा प्रतिकूल असर पर्ने गरी राखिएका कवाडीका सामग्री समेत हटाइएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए।

यसअघि वडा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उपस्थित सहभागीलाई सरसफाइ र राष्ट्रिय भावनाको शपथ गराएका थिए ।

अभियानलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, अभियान महिला समूह, माछापुच्छे्र महिला क्लब, महेन्द्रपुल महिला जागरण समूह, मितेरी नारी समूह, ग्लोबल कलिजियट स्कूल, सिर्द्धार्थ बोर्र्डिङ स्कूल, नोवेल सेकेण्डरी स्कूल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, स्थानीय आमा समूह लगायत विभिन्न संघसंस्था, स्थानीय टोलवासीको उल्लेख्य उपस्थिति रहेको अभियन्ता इन्द्रकमल मानन्धरले बताइन् ।कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्य, पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख नीता ताम्राकार, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमारी शाही र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अभियानका लागि क्षेत्रीय अस्पतालले ५ प्याकेट ग्लोव उपलब्ध गराएको थियो ।

कार्यक्रममा वडा ११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । आगामी १०८ हप्ताको सफाइ कार्यक्रम रत्नचोकमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width