अनुपमको उद्घोषण तालिम

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
anupam

पोखरा, २ असार ।  अनुपम म्युजिक पोखरा तथा कास्की मल्टीमिडियाद्वारा आयोजना गरिएको १२८ औं उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भयो ।

सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अतिथि वैदाम केवल नेर्टवर्क प्रालिका अध्यक्ष एवम् पोखरा टेलिभिजनका निर्देशक मनोज गुरुङले महिला हकअधिकार विषयमा सजग गराउन साथै महिला हिंसाविरुद्धको अभियानमा लाग्न यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

हिसान कास्कीका अध्यक्ष रामजी शर्माले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताउँदै देशलाई समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिए ।

तालिम प्रशिक्षक अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो संस्थाले कुरामा भन्दा उपलब्धिमा ध्यान दिने गरेको बताउँदै प्रशिक्षार्थीलाई सक्षम बनाउन संस्थाले राम्रो व्यवस्थापनका साथ तालिम सञ्चालन गरिरहेको बताए।

अनुपम म्युजिक पोखराका संरक्षक वीरेन्द्रमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार रामभक्त जोजिजू, सन्तोष पराजुृली र दुर्गा मगरले आफनो गीत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन गंगा तिवारीबाट भएको हो ।

कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी अधिकारी, सुनिता शर्मा, देवी पनेरु, मीना पोख्रेल, मधु भण्डारी, डिलमाया अधिकारी, सरु आचार्य, स्मृति श्रेष्ठ, सावित्री आचार्य, अस्मिता अर्याल, शारदा सापकोटा, सुशीला सापकोटा, शान्ति अधिकारी, रमा पौडेल, शान्ति आचार्य लगायतले तालिमसम्बन्धी धारणा व्यक्त गरेका थिए । तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width