सामुदायिक सेवा केन्द्र हेमजाको सरसफाइ

आदर्श समाज सम्वाददाता
असार ३, २०७५
hemja photo

हेमजा, २ असार। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको आयोजनामा शनिवार मिलनचोकदेखि साझा हुँदै लामाचौतारासम्म सरसफाइ गरिएको छ ।

करिब १ किमी राजमार्ग क्षेत्र सरसफाइमा हेमजाका नागरिक, पत्रकार, प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधि, केन्द्रका सदस्य लगायतको बाक्लो उपस्थिति थियो। संकलित फोहर पोखरा लेखनाथ महानगरपालिकाको फोहर संकलन गर्ने गाडीमा व्यवस्थापन गरिएको थियो।वडाध्यक्ष शोभाकर तिम्सिनाले फोहरमैला व्यवस्थापनका लागि फोहरको वर्गीकरण गरिनुपर्नेमा जोड दिए । उनले आमनागरिक सचेत भएमात्रै समाज सु-संस्कृति युक्त बन्ने दावी गरे।

केन्द्र अध्यक्ष विष्णु बास्तोलाले केन्द्रका गतिविधिमा सबै हेमजावासीले साथ दिनुपर्ने औल्याइन्। उनले कार्यक्रमलाई साप्ताहिक रुपमा निरन्तरता दिइने पनि जनाइन् ।

आगामी साताको श्रृङ्खला लामाचौतारादेखि स्थानीय तिब्वतीयन क्याम्पसम्म हुने जनाइएको छ।

केन्द्रकी अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम केन्द्रका सचिव दानबहादुर भुजेलले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width