लायन्सको अवार्ड वितरण

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७५
lions

पोखरा, २८ जेठ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गत क्लस्टर १ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ। क्लस्टर १ मा ३७ वटा क्लब आवद्ध छन्।

क्लब अध्यक्ष, जोन चियरपर्सन तथा रिजन चियरपर्सन सहित एकवर्षे कार्यकाल सफल बनाउन सहयोग गर्नेलाई वर्षभरि गरेका कार्यको उच्च सम्मान स्वरुप अवार्ड प्रदान गरिएको क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले जानकारी दिए।

डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले दिएका सबै जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्दै सबैको सहयोग बाट समूहगत रुपमा सामाजिक सेवाका कार्य गरि जिम्मेवारी पूरा गरेको क्लस्टर प्रमुख तथा डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सिनियर एम्बेसडर अफ गभर्नर दुर्गाप्रसाद हुमागाईंले बताए।

समारोह अवसरमा पोखरा लेखनाथ महानगरपालिका राजाको चौतारा निवासी दुवै मृगौला फेल भएका पुष्प तिमिल्सिनालाई मृगौला प्रत्यारोपण र उपचारार्थ नगद सहयोग प्रदान गरिएको थियो।

रिजन चियरपर्सन लायन बिना गुरुङको पहलमा ४ लाखभन्दा बढी र क्लस्टर १ बाट  गरी ४ लाख ५० हजार बराबरको नगद रकम सहयोग गरिएको हो।

प्रमुख अतिथि लायन्स मल्टिपल ३२५ नेपालका मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुलाकोटीले लायन्समा लागेर समाज सेवा गर्नेलाई सधैँ प्रोत्साहन गर्नुपर्ने बताए ।

डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले डिष्ट्रिक्टलाई सफल बनाउन क्लस्टर १ को योगदान महत्वपूर्ण रहेको बताए।

क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा इलेक्ट डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ, इलेक्ट फस्ट भाइस गभर्नर इन्दु लम्साल, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधान, कोचिफ एडभाइजर विशेश्वर आचार्य, क्लस्टर उपप्रमुख पदमबन्दु पोखरेल, रिजन चियरपर्सन विनोद ढुंगाना, बिना गुरुङ, जोन चियरपर्सन कृष्णप्रसाद श्रेष्ठ, शारदा शर्मा, लायन्स क्लब अफ पोखरा लेकसिटिका अध्यक्ष मिनराज काफ्ले लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width