महिला उद्यमी मेला तयारी पूरा 

Avatar आदर्श समाज सम्वाददाता
जेठ २९, २०७५

पोखरा, २८ जेठ। पोखरामा जेठ ३० देखि असार २ गतेसम्म हुन लागेको महिला उद्यमी मेला-२०७५ तयारी पूरा भएको छ।

‘आर्थिक समृद्विका लागि महिला उद्यमशीलता’ भन्ने मूलनाराका साथ पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिले मेला आयोजना गर्न लागेको हो। मेला पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ।

‘मेला तयारी पूरा भएको छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी मेला संयोजक सीता बरालले भनिन्-‘मेला सफल बनाउन सवैको सहयोग अपेक्षा गरेका छौं।’

महिला उद्यमशीलता प्रवर्द्वन गर्ने, महिलाद्वारा उत्पादित वस्तु बजारीकरण गर्ने, महिला उद्यमीलाई कर, लेभलिङ्ग, प्याकेजिङ्गका बारेमा सक्षम बनाउने उदेश्यले मेला आयोजना गर्न लागिएको हो।

मेलामा महिला उद्यमीद्वारा उत्पादित सामग्रीका ७० भन्दा बढि स्टल रहने छन्। मेलामा महिला उद्यमशीलताको अवस्था, चुनौती, सम्भावना र दायित्वबारे छलफल गरिनुको साथै महिलालाई उत्प्रेरणा गर्न सेमिनार गरिने छ।

त्यस्तै, मेलामा बैकिङ साक्षरता, कर शिक्षा, आँखा शिविर र महिलाको स्तन तथा पाठेघरको क्यान्सर परीक्षण पनि गरिने छ।

मेलामा प्रवेश निःशुल्क छ। मेला सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको थियो।

प्रतिक्रिया

Comments on महिला उद्यमी मेला तयारी पूरा 

अन्य समाचार

उत्पादनमूलक क्षेत्रमा लगानीमा जोड

पोखरा, २८ जेठ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) र कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा बचत तथा ऋण सहकारीको कास्की जिल्लास्तरीय प्रथम महिला गोष्ठी सम्पन्न भएको छ। प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सहकारीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताए। आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए। नेफ्स्कुनका केन्द्रीय अध्यक्ष डीबी बस्नेतले सहकारी क्षेत्रमा महिलाको सहभागिता उत्साहजनक रहेको र नेतृत्व तहमा पनि महिला आउनुपर्ने बताए। यस्ता कार्यक्रमले महिलाको चौतर्फी विकासमा सहयोग गर्ने र समय समयमा यस्ता कार्यक्रम आवश्यक रहेकोमा जोड दिए। गोष्ठीमा सहकारीसम्बन्धी विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा सहजीकरण गरी छलफल तथा टिप्पणी गरिएको थियो।…

पोखरामा मोवाइल टावर

पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् । ग्राहकलाई मध्यनजर गरी निःशुल्क वाइफाइ पनि सुविधा छ । टावरमै कार्यालय रहेको वर्ड लिंकले निशुल्क वाइफाइ उपलब्ध गराएको हो । करिब ८०…