पोखरा, २८ जेठ ।युवा वैज्ञानिक विकल्प ढुंगानाका सफलताका कथा सुन्न झण्डै तीन सय विद्यार्थी झुम्मिए ।
यो अवसर जुटाएको हो पोखरा ८ सिर्जनाचोकमा अवस्थित पोखरा मल्टिमोडल क्याम्पसले ।
र्एसइर्इ परीक्षा दिएर ब्रिज कोर्स तयारीमा रहेका विद्यार्थीहरुलाई करिअर काउन्सेलिङका हेतु आफ्नै विद्यार्थी विकल्पसामु उनीहरुलाई प्रस्तुत गरेको हो ।
कक्षा १२ को परीक्षा दिएर बसेका विज्ञानका विद्यार्थी विकल्पले विद्यार्थीहरुमाझ आफूले गरेका आविष्कार, उपलब्धीबारे विस्तृतमा कुरा खोले ।
राष्ट्रिय युवा प्रतिभा पुरस्कार, जुनियर साइन्टिस्ट अवार्ड, युथ हण्ट ट्यालेन्ट अन्तर्गत टप टेन भिजन उनका उपलब्धी हुन् । विकल्पले दुर्घटनामा परेका सवारीको उद्धार गर्न म्यानुअल लोडिङ एण्ड लिफ्टिङ, घाँस काट्ने रोर्बर्ट, इलेक्ट्रिक डोजर, जुनै ठाउँ चल्न सक्ने आर्मीका लागि गाडी, हेलिकोप्टर बम डिस्पोजल रोर्बर्ट, इढिकी, भ्याकुम क्लिनिङ रोर्बर्ट, र्यापिड बम डिस्पोजल रोर्बर्ट, कृषि क्षेत्रमा उपयोगी रोर्बर्ट, फुटबल खेल्न सक्ने रोर्बर्ट, भिडभाड नियन्त्रण गर्न सक्ने, सोबि एण्टी अल्कोहल भेहिकल प्रोटेक्टिङ सिस्टम, स्मार्ट मास्क, विष्णु सोलार स्कुटर, ट्राफिक लाइट लगायतका आविष्कार गरिसकेका छन् ।
विकल्पले आफू अघि बढ्न क्याम्पसको वातावरण, पर्ढाई, शिक्षकहरुको मित्रवत् व्यवहार सहयोगी रहेको उल्लेख गर्दै मल्टिमोडल क्याम्पस पढ्नका लागि अनुकूल रहेको अनुभव बताए । उनले मापसे गरेर मोटरसाइकल चलाउँदा स्र्टार्ट नहुने आविस्कारको प्रस्तुतिसमेत राखेका थिए ।
क्याम्पसले सो अवसरमा आफ्नो क्याम्पसमा अध्ययन गरी विभिन्न क्षेत्रमा स्थापित भएका प्रतिभावान् विद्यार्थीहरुबारे सदृश्य जानकारी गराएको थियो । क्याम्पस प्रमुख कृष्णबहादुर केसीले क्याम्पसको अध्ययन वातावरणबारे जानकारी गराउन र विद्यार्थीहरुलाई प्रेरित गर्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष लिलाधर बरालले २०५६ सालमा स्थापित क्याम्पसबाट यो झण्डै २ दशकको अवधिकमा थुप्रै क्षेत्रमा विद्यार्थीहरुले सफलता हासिल गरेको बताए ।
पोखरा मल्टिमोडल प्रालिका प्रबन्ध निर्देशक राजकुमार गिरीले यस्ता कार्यक्रमले विद्यार्थीलाई फाइदा पुग्ने बताउँदै निरन्तरता दिने बताए । क्याम्पसले आफ्ना विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने हेतुले विभिन्न प्रशिक्षणात्मक कार्यक्रमलाई पनि जारी राखेको छ ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९