‘बौद्धिक शोषणको अन्त्य गर’

Avatar एजेन्सी
जेठ २७, २०७५

पोखरा, २६ जेठ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन महानगर कमिटिले पोखरा लेखनाथ महानगरपालीकाका मेयर मानबहादुर जिसी  र शिक्षा महाशाखा प्रमुख केदार आचार्यलाई ज्ञापनपत्र बुझाएको छ।

शैक्षिक क्षेत्रबाट योग्य, क्षमतावान् र कुशल नागरिक उत्पादनहोस् भन्ने विषयमा ध्यानाकर्षा गराउँदै ज्ञापनपत्र बुझाइएको हो ।

सामुदायिक शिक्षक युनियन महानगरका अध्यक्ष देवराज शर्माले देशको लागि योग्य जनशक्ति उत्पादन गर्ने थलो नै शिक्षा भएको हुँदा यसलाई व्यवस्थित र वैज्ञानिक प्रणालीबाट व्यवस्थापन गर्न नसक्ने हो भने वर्तमान सरकारको समृद्ध नेपाल निर्माणको परिकल्पानाले सार्थकता पाउन नसक्ने बताए । उनले यस विषयमा योग्य शिक्षकको योग्यताअनुरुपको सम्मान, पेशागत सुनिश्चितता, शैक्षिक सुधार र शैक्षिक स्रोतको सही व्यवस्थापनसँगै समग्र शिक्षा नीतिलाई सबैको चासो र सरोकारको विषय बनाई शैक्षिक क्षेत्रको रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ज्ञापनपत्र बुझाइएको बताए ।

महानगर प्रमुख मानबहादुर जिसीले लामो समय राज्यलाई योगदान गर्ने साविक ११ र १२ मा अध्यापनरत शिक्षकलाई न्याय हुने गरी आफ्नो भूमिका रहनेमा आश्वस्त रहन आग्रह गरे । २०४८ सालदेखि हालसम्म कक्षा ११ र १२ मा अध्यापन गराउने देशभरिका सामुदायिक विद्यालयहरुमा हालसम्म एक जना पनि स्थायी शिक्षक नभएको तत्कालीन सरकार र राज्यले गरेको विभेदकारी कार्यबाट शिक्षक मारमा परेको भन्दै उनले यसको व्यवस्थापनमा महानगर सचेत रहेको बताए ।

स्थानीय निकायको अधिकार क्षेत्रमा रही आफ्नो विवेकले थेग्ने गरी युनियनले उठाएका मुद्दामा सम्बोधन गर्न आफ्नो योगदान रहने शिक्षा महाशाखा प्रमुख केदार आचार्यले बताए । उनले सामुदायिक शिक्षक युनियन महानगरसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

प्रतिक्रिया

Comments on ‘बौद्धिक शोषणको अन्त्य गर’

अन्य समाचार

'कास्कीलाई लागु औषधमुक्त बनाउँछु’

लेखनाथ, २६ जेठ। कास्की प्रहरी उपरीक्षक ओमबहादुर रानाले कास्कीलाई लागु औषध र अपराधमुक्त क्षेत्र घोषणा गर्ने विषयलाई पुनः दोहोर्‍याएका छन् । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं समुदायिक प्रहरी सेवा तथा पोखरा लेखनाथ महानगरपालिका वडा २९ को आयोजनामा भएको लागु औषध नियन्त्रण महाअभियानअन्तर्गत बृहत सचेतनामूलक र्‍यालीलाई सम्बोधन गर्दै एसपी रानाले सो कुरामा जोड दिएका हुन् । उनले कास्कीलाई  अपराधमुक्त क्षेत्र बनाउने अभियानमा कुनै पनि कसर बाँकी नराखी लागु औषध उत्पादनकर्ता, बिक्रेता तथ प्रयोगकर्तालाई ठाउँको ठाउँ कारबाही गरेर देखाउने प्रतिबद्धता जनाए। कास्कीको शान्तिसुरक्षामा कुनै कमी आउन नदिन र समाजमा शान्तिसुव्यवस्था स्थापित गराउँदै जाने उनले बताए । राजनीति आधारमा व्यवसायीलाई ठग्ने, धम्क्याउने र प्रलोभनमा पार्ने जस्ता अमानवीय…

उज्यालोमा आगलागी, २ करोड क्षति

पोखरा, २६ जेठ । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको 'उज्यालो बजार’मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ। चिप्लेढुंगास्थित सिर्द्धार्थ मिनीमार्केटमा सञ्चालनमा रहेको उक्त बजारमा शुक्रबार मध्यरात करिब १२ बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए। आगलागीबाट बजारका ६० वटा सटरमध्ये १७ वटा सटर पूर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएका छन् । २४ वटा सटरमा भने सुरक्षित छन् । डीएसपी…