पोखरा, २६ जेठ । पोखरामा दृष्टिविहीन र शारीरिक अपांगता भएकाहरुको समूहले खोलेको ‘उज्यालो बजार’मा शुक्रबार राति आगलागी हुँदा करोडौंको क्षति भएको छ।
चिप्लेढुंगास्थित सिर्द्धार्थ मिनीमार्केटमा सञ्चालनमा रहेको उक्त बजारमा शुक्रबार मध्यरात करिब १२ बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन कार्कीले जानकारी दिए।
आगलागीबाट बजारका ६० वटा सटरमध्ये १७ वटा सटर पूर्ण रुपमा जलेको, १७ वटा सटर आंशिकरुपमा क्षति भएका छन् । २४ वटा सटरमा भने सुरक्षित छन् ।
डीएसपी कार्कीका अनुसार राति २ बजेमात्रै आगो नियन्त्रणमा आएको थियो। २ घण्टासम्म नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीय आगो नियन्त्रणमा जुटेका थिए। विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। दृष्टिविहीन भएका व्यक्तिलाई व्यावसायिकता र उद्यामशीलता मार्फ आत्मनिर्भर बनाउने उद्देश्यका साथ २ वर्षेखि सञ्चालित बजारमा भएको यो क्षतिले आफै सक्षम भएर जीवन निर्वाह गर्छु भनी अघि बढेकालाई आहत बनाएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१