तारकाङ-पोखरा सर्म्पर्क समाज अध्यक्षमा सापकोटा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
tarkang news pic

पोखरा, २६ जेठ । तारकाङ पोखरा सर्म्पर्क समाजको अध्यक्षमा बलराम सापकोटा चयन भएका छन् । समाजको पोखरामा शनिबार सम्पन्न पाँचौ अधिवेशनले सापकोटाको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समिति उपाध्यक्षमा गौरी सापकोटा, सचिवमा नेत्र तिमिल्सिना, सहसचिवमा शरदराज सापकोटा र कोषाध्यक्षमा घननाथ सापकोट चयन भए । सदस्य भीमप्रसाद पौडेल, गजेन्द्र सापकोटा, महदेव सापकोटा, विष्णुहरि पोखरेल, कमलराज सापकोटा र मीना सापकोटा छन् ।

प्रमुख अतिथि ९२ वर्षीया दुर्गादेवी सापकोटाले कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

समाजका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य वृहस्पति सापकोटा, मादी गाउँपालिका वडा ४ अध्यक्ष सत्यराज सापकोटा, संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत कोषाध्यक्ष दिलबहादुर भुजेल र संचालन सहसचिव नेत्र तिमिल्सिनाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width