Worldlink ads

वडा ८ मा बालमैत्री अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५
PKR-8 Bal Manch

पोखरा, २६ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा-८ को बाल मञ्चले शनिबार ‘बालमैत्री स्थानीय शासन एवं नेतृत्वसीप’ विषयक अभिमुखीकरण तालिम गरेको छ।

वडालाई बालमैत्री वडा निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको मञ्चकी अध्यक्ष सोनिका बरालले जनाइन्।  उनले वडा ८ भित्र रहेको बालबालिकाहरुलाई लक्षित गरी तालिमको आयोजना गरेको बताइन्।

बालअधिकारकर्मी कुञ्जनी प्यासी परियारले ‘बालमैत्री स्थानीय शासन’ र पत्रकार सुष्मा पौडेलले ‘बाल नेतृत्वसीप’ विषयमा सहजीकरण गरेका थिए। तालिममा करिव ४४ जना बालबालिकाको सहभागिता थियो।

प्रमुख अतिथि वडाध्यक्ष रुद्रनाथ बरालले तालिमको उद्घाटन गर्दै महानगरको वडालाई बालमैत्री वडा बनाउने उद्घोष गरे। वडालाई बालमैत्री बनाउन स्थानीय जनप्रतिनिधि सचेत रहने प्रतिबद्धता जनाए।

बरालले आगामी दिनमा वडाभित्र बालमैत्री शासन अवलम्बन गरिने उल्लेख गरे। वडाको प्रत्येक घरको अभिभावक तथा विद्यालयको शिक्षकले बालमैत्री व्यवहार अपनाउनुपर्नेमा जोड दिए।

नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बालबालिकालाई स्थानीय लगायत प्रदेश र संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए। बालबालिकाको सवाङ्गीण विकासका लागि बालमैत्री शासन अपनाउनुपर्ने उनको जोड थियो।

तालिम संयोजक आरोग्यमोहन काफ्लेले बाल मञ्चले इमान्दारिता, पारदर्शीता, जवाफदेहीता र समावेशीतालाई मूलमन्त्र मानेको बताए। उनले वडाले बालबालिकासम्बन्धी अनुमोदन गरेको योजनालाई बाल मञ्चले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाए।

बाल मञ्चकी अध्यक्ष सोनिका बरालको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक आरोग्यमोहन काफ्ले स्वागत तथा सचिव सार्थक घिमिरेले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • ६ सयमै पोखरा घुम्न पाइने

      Suraj Hazare Dahal भाद्र ३१, २०७८
      पोखरा । छोटो अवधिमै पोखरा घुम्न चाहनेलाई कम शुल्कमै बस सेवा सञ्चालन हुँदैछ । कोरोना संक्रमण घटेसँगै पर्यटकीय नगरी पोखरा…
    • बगैंचा टोल विकासमा मीना

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । बगैंचा टोल विकास संस्था पोखरा ६, बैदामको अध्यक्षमा पुन मीना ढकाल चयन भएकी छन् । संस्थाको बुधबार सम्पन्न…
    • भवानी आमा समूहमा समीक्षा

      आदर्श समाज संवाददाता भाद्र ३०, २०७८
      पोखरा । पोखरा ८ कुँवरटोलस्थित भवानी आमा समूहको दशौं साधारणसभा तथा छैटौं अधिवेशन बुधबार भएको छ । पोखरा ८ का…
    • कास्कीमा निषेधाज्ञा हट्यो, रात्रिकालीन व्यवसाय र पठनपाठन खुल्यो

      आदर्श समाज सम्वाददाता भाद्र ३०, २०७८
      पोखरा, ३० भदौ । कास्कीमा साढे ४ महिनादेखिको निषेधाज्ञा असोज १ देखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले…
    • मृत्यु जितेकी मनमाया

      सुनील सापकोटा भाद्र ३०, २०७८
      पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट बिरामी डिस्चार्ज तयारी भइरहेको थियो । डिस्चार्ज गर्दा अस्पतालका प्रमुखहरुको उपस्थिति आवश्यक हुँदैन, न त…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads