अझै बनेन पुल

सुस्तावासीको खुशीमा तुषारापात

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

नवलपरासी, २३ जेठ । जति बेला भारतीय अतिक्रमित भूमि सुस्तालाई नेपाली भूमिसँग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो त्यति बेला सुस्ताका बासिन्दामा खुशीको सीमा थिएन । लाग्थ्यो उनीहरुलाई एउटा युद्ध जितेका छौं । तर, खुसीको सपना विपनामा परिणत हुने दिन नजिकिं’दासम्म पनि पुल निर्माणको काम कत्ति पनि अगाडि बढ्न नसकेपछि सुस्ताका बासिन्दाको सपनामा तुषारोपात लागेको छ ।

नेपाल सरकारसँग सधैँ माग गर्दै आउने उनीहरुको मागमध्येको प्रमुख भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउनु पर्ने पहिलो नम्बरमा हुने गर्दथ्यो भने दोस्रो नम्बरमा नारायणी नदीमा पुल निर्माण पर्ने गर्दथ्यो । उनीहरुले सके पक्की पुल त नसके झोलुङ्गे पुल भए पनि निर्माण गरिदिनु पर्ने माग गर्दथे ।

सुस्ताबाट नेपालका अन्य भूभाग आउन नारायणी नदीमा डुंगा नै तर्नुपर्ने बाध्यता कि त भारतबाट आउनु पर्ने बाध्यता रहेका सुस्ताबासीलाई वर्षाको समयमा भारतले सीमामा कडाइ गरिदिने र नारायणी नदीमा पानीको सहत बढ्दा डुंगा चलाउन पनि समस्या भएर आवतजावतमै समस्या हुने गर्दछ । जसले गर्दा पनि उनीहरुले नेपाली बजारमा र नेपालको अन्य भूभागसँग सहजै जोडिनका लागि नारायणी नदीमा पुल निर्माणको माग गरेका हुन् ।

सरकारले पक्की पुल निर्माण नगरे पनि झोलुङ्गे पुल निर्माण गरिदिने भएपछि उनहरु निकै खुशी थिए ।सरकारले ठेक्का लगाए अनुसारको काम अगाडि बढेको भए र सम्झौतामा तोकिएको मिति अनुसार काम सम्पन्न भए उनीहरुले यही असोजसम्ममा झोलुङ्गे पुलबाट यात्रा गर्न पाउथे ।

नारायणीमा पुल निर्माण भए सुस्ताबासीलाई आवातजावतमा सहज हुने मात्र नभई सुस्ताको सुस्ता क्षेत्र आर्थिक रुपमा पनि समृद्ध हुदै जाने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको भनाइ छ ।

तर, सरकारले ठेक्का लगाएको ३ वर्ष बितिसक्यो, पुल निर्माण अवधिको सम्झौता समय पनि सकिन अब साढे ४ महिना मात्र बाँंकी छ तर निर्माणको काम अझै शुरुसम्म हुन सकेको छैन ।

निर्माणको लागि ठेक्का पाएको निर्माण कम्पनीले ठेक्का पाउना साथ केही निर्माण सामग्री ल्याएर छोडेको भए पनि त्यसपछि उक्त कम्पनीका सञ्चालक सर्म्पर्कमा नरहेको र फरारकै अवस्थामा रहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

अध्यक्ष पाण्डेका अनुसार पछिल्लो समय कम्पनिको सम्बन्धित व्यक्तिसँग एकपटक फोन सर्म्पर्क भएर थपिएको समयमा काम सक्ने बताएको भए पनि काम भने अगाडि बढ्न सकेको छैन ।

पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिकाको सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माणको लागि केभी एण्डे पशुपति कन्सट्रक्सन कम्पनीले जिम्मा लिएको हो । अहिले उक्त पुल बनाउने जिम्मा त्रिशुली एण्ड साहारा जे भीले लिएको छ ।

साहारा जेभीले २०७६ असोजसम्म सक्ने गरी उक्त कामको जिम्मा लिएको हो ।  कम्पनी सञ्चालकसँग फोन सर्म्पर्क भएको र तत्काल काम शुरु गर्ने प्रतिबद्धता जनाएको सुस्ताका अध्यक्ष पाण्डेले बताए ।

कम्पनीले निर्माण सम्झौता गरेलगत्तै केही निर्माण सामग्री फलामे रड,  फलामे पाता, जेनेरेटर, जेसिभी, फलामका जाली लगायत सामग्री छाडेर गएको छ भने बेलाबेलामा प्राविधिक आएर डि्रलिङ गरी जमिन मुनिको सतहको अवस्था परीक्षण गर्ने गरेका छन् तथापि देखिने ढंगले काम भने अगाडि बढाएको छैन ।

सुस्तामा २२ करोड ८० लाखको लागतमा पुल निर्माणका लागि उसले ठेक्का लिएको थियो । तर उनले ठेक्का लिएको ३ वर्ष बित्तिसक्दा पनि अझै पुल निर्माणको काम अगाडिसम्म बढ्न सकेको छैन ।  कम्पनीले नजिकै कार्यालय खोलेर पुल निर्माणको लागि चाहिने आवश्यक उपकरण र ५ जना कर्मचारी तैनाथी अवस्थामा राखेको भएपनि काम भने अगाडि बढाएको छैन ।

यो पुल निर्माण भए सम्भवतः नेपालकै दोस्रो लामो झोलुङ्गे पुल हुने गरी १ हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमबल ७ मिटर चौडाइको हुनेछ ।

सरकारले कुनै पनि कामको सम्झौता गरेर काम नगर्ने, बेलैमा काम नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न थालेको भए पनि यतातिर भने सरकारको ध्यान पुग्न नसकेको सुस्ताबासीको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width