गरिमाको दम्पत्ति बचत खाता योजना

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५

पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ।

झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष  चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे।

प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ।

बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले वाषिर्क ९ प्रतिशत व्याज प्राप्त गर्ने छन्।

सो खाता खोल्ने ग्राहकले बैंकको एटीएम कार्ड, मोबाइल बैंकि· सुविधा, सि-आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width