प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७५
fnj kaski

हेमजा, २३ जेठ। नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पोखरामा क्रियाशील पत्रकारका लागि दिइएको प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम बुधवार सकिएको छ।

तालिम समापनमा बोल्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकार महासंघ कास्कीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। उनले पत्रकारिता क्षेत्र व्यावसायिक बन्नुपर्ने तर्क गर्दै पोखरामा खोजी पत्रकारिताको आवश्यकता पनि औँल्याए।

जिसीले सार्वजनिक सम्पति खरिद ऐन तथा स्थानीय सरकार सञ्चालन कार्यविधिबारे जनता अझै पनि अनभिज्ञ रहेको चर्चा गर्दै त्यसतर्फ सचेत गराउन पत्रकारले भूमिका खेलिदिन आग्रह पनि गरे।तालिममा पुरानादेखि अनुज सबैखाले पत्रकार सहभागी भएको भन्दै उनले खुशी समेत प्रकट गरेका थिए।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सिकेको सीप प्रयोग गर्न सुझाव दिए । उनले पत्रकारले समाजको वास्तविक वस्तुस्थिति उठान गर्न सक्नुपर्नेमा जोड दिए।प्रशिक्षक पहार ट्रस नेपालका प्रमुख कार्यकारी अधिकृत छवि गौडेलले सिकाइ निरन्तर चल्ने प्रक्रिया भएको भन्दै तालिमबाट सिकेको सीप व्यवहारत प्रयोगमा ल्याउन सुझाव दिए।

प्रशिक्षार्थीको तर्फबाट खीमा गुरुङ, भीमपाणी बराल र श्रीभद्र पौडेलले आ-आफ्ना अनुभव सुनाएका थिए। उनीहरुले पत्रकार महासंघ कास्कीले घोषणा गरेको तालिम वर्ष-२०७५ लाई सफल बनाई कास्कीमा क्रियाशील पत्रकारको क्षमता र दक्षता वृद्घि गर्नुपर्ने आवश्यकता औँल्याए।पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा भएको सो तालिम २ दिनसम्म चलेको थियो ।

महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रम महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width