Worldlink ads

वातावरण दिवसमा सामुदायिकको वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७५
samuyaik

पोखरा, २२ जेठ। विश्व वातावरण दिवस अवसर पोखरा लेखनाथ महानगरपालिका वडा १२ स्थित सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा माटेपानी र सरस्वती आधारभूत विद्यालयले संयुक्त रुपमा वृक्षरोपण गरेका छन्।

विद्यालय परिसरमा आयोजित वृक्षरोपण कार्यक्रम पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन्। त्यस अवसरमा विभिन्न प्रजातिका २५ वटा बिरुवा रोपियो ।

कार्यक्रममा वडाध्यक्ष रामबहादुर कार्की, प्रहरी निरीक्षक दीपक केसी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मीना बिकले बोलेका थिए।

सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुद्रबहादुर रानाभाटले स्वागत र सामुदायिक केन्द्रकी सचिव नीरादेवी आचार्यले सञ्चालन गरेकी थिइन्।

उता, सामुदायिक बगरले सचेतना र्‍याली सहित वृक्षरोपण गरेको छ। वडा कार्यलयबाट निकालिएको सचेतना र्‍यालीका सहभागीले विभिन्न भाग परिक्रमा गरी गंगेश्वर मन्दिरमा पुगेर वृक्षरोपण गरेका हुन् ।

उक्त अवसरमा चाप, अम्बा, पुष्प र वकाइना लगायतका ४२ वटा बिरुवा रोपिएको सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगर अध्यक्ष जीवन अधिकारीले जानकारी दिइन्।वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका १ थान ल्यापटप हस्तान्तरण गरेका छन्।

वडाध्यक्ष शारदाकुमारी पराजुलीले समाजिक क्षेत्रमा यस केन्द्र सक्रिय हुँदैआएको बताइन्। कार्यक्रममा कार्यक्रम संयोजक कल्पना बास्तोला, सचिव रामभूषण पराजुलीले बोलेका थिए ।

त्यस्तै, सामुदायिक हेमजाले पनि वृक्षरोपण गरेको छ। गौरीशंकर मावि र ग्रामप्रकाश प्राविमा वृक्षरोपण गरेको सामुदायिक हेमजा अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिइन्।

उक्त अवसरमा कपुर, निमपत्ता, धुपी, तेजपत्ता, खनायोगरी ५० वटा विरुपा रापिएको छ। वडाध्यक्ष शोभाकर तिमिल्सिनाले रोपेका बिरुवा जतना गर्नुपर्ने बताएको केन्द्र उपाध्यक्ष घनश्याम तिम्सिनाले बताए ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग