जनताले अर्को विकल्प खोज्ने दिन नआओस् : मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५
Lamjung Sundar Bazar Nagarpalika

लमजुङ, २० जेठ । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ठीक ढंगले काम गर्न नसके जनताले अर्को विकल्प खोज्न सक्ने बताउँदै त्यस्तो स्थिति आउन दिन नहुने बताएका छन् ।

‘जनताले स्थिरताको म्याण्डेड दिएकाले सरकारले ठीक ढंगले काम गर्न नसके अर्को विकल्प खोज्ने छन्,’ लमजुङको सुन्दरबजार नगरपालिकाको दोश्रो नगरसभाको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘त्यस्तो स्थिति उत्पन्न नहोस् ।’ उनले जनतालाई विकल्प खोज्न नदिनका लागि जुन कुनैपनि समस्याको समाधानका लागि स्थानीय सरकारले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा जोड दिए ।

‘पहिले संघीय सकार, दोश्रो प्रदेश सरकार र तेश्रोमा नगर सरकार र गाउँ सरकार बन्नुपर्ने थियो,’ उनले भने, ‘त्यसो हुँदा श्रोतसाधनको व्यवस्थापन, जनशक्ति व्यवस्थापन र कानून व्यवस्थापन गर्ने कुरा सुल्टो हुन्थ्यो। तर, सुल्टोको सट्टा उल्टो काम भएकाले अहिले हामीहरुले दुःख पाएका छौँ ।’

उनले फोहोर व्यवस्थापनका लागि प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गर्न तयार रहेकोमा जोड दिए । त्यस्तै, सुन्दरबजारबासीका लागि विशेष चासोको रूपमा रहेको मध्यपहाडी लोकमार्गबारे न्यून क्षतितर्फ ध्यान दिइने बताए ।

सो सभामा सांसद धनञ्जय दवाडीले सरकारको घोषित नीति र कार्यक्रमसँग मेला खानेगरी स्थानीय तहका योजना बनाउन सुझाव दिए।

नगरपालिकाको दोश्रो नगरसभामा उक्त नगरपालिकाका मेयर जनकराज मिश्रले आर्थिक वर्ष २०७४/०७५ को हालसम्मको कार्य प्रगतिको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरे । उनले चालु आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकालाई वित्तीय समानीकरण अनुदानवापत १५ करोड, ८९ लाख ४६ हजार, वित्तीय समानीकरण सशर्त अनुदान १५ करोड ३० लाख १७ हजार, गरिवसँग विश्ोश्वर कार्यक्रमबाट ४ लाख १९ हजार, सामाजिक सुरक्षा कार्यक्रमबाट ५ करोड ८८ लाख ९९ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट १८ लाख ९ हजार, आन्तरिक श्रोतबाट ७१ लाख ६० हजार राजश्व बाँडफाँडबाट ४६ लाख प्राप्त भएको जानकारी दिए ।

नगरपालिकाको कृषि, पशु सेवा, महिला विकास, स्वास्थ्य शाखा र वन कार्यक्रमहरुबाट नगरपालिकाका वडाहरुमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए । उनले भने प्रथम नगरसभाको बैठकबाट सबै योजना कार्यक्रमहरूको निर्णय गर्न नसिकएको अवस्थामा नगरसभावबाट प्रत्यायोजन गरिएको अधिकारअनुसार नगर कार्यपालिकाको बैठकबाट योजना कार्यक्रमहरुको निर्णयमा केही विलम्ब हुन गएपनि आजका मितिसम्म ९५ प्र्रतिशत भन्दा बढी योजनाहरुको सम्झौता सम्पन्न भई कूल ३ सय ८४ वटा योजनाहरुमध्ये ९१ योजनाहरू सम्पन्न भई भुक्तानी भइसकेको बताए ।

सो सभामा आर्थिक विधेयक, सहभागी सञ्चालन विधेयकसहितका केही विधेयक पेश गरिएको र तिनको भोली हुने सभामा पारित गर्ने कार्यक्रम रहेको वडानं- ६ का वडाध्यक्ष रघु मिश्रले जानकारी दिए ।

नगरसभामा नगरपालिकाका उपमेयर ज्ञानु शाहले स्वागत गरेकी थिइन् भने सञ्चालन नगरपालिकाका खरदार दिलबहादुर तामाङले गरेका थिए।

सो अवसरमा मुख्यमन्त्री गुरुङले सुन्दरबजार अस्पतालको अवलोकन गरेका थिए । अस्पताल हातामा मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले ज्ञापनपत्र बुझाउँदै अस्पतालको वस्तुस्थितिको अवगत गराए । अस्पतालको निरीक्षणपछि मुख्यमन्त्री गुरुङले अस्तालको स्तर बृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङको पहलमा स्वास्थ्यचौकी तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा १५ शैयाको अस्पतालमा २०७२ सालमा स्तरोन्नति गरिएको हो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width