राष्ट्रिय कराँते टोली सहारा एकेडेमीमा

Avatar एजेन्सी
जेठ २१, २०७५

पोखरा, २० जेठ। एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराँते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन्।

उनीहरुलाई सहारा क्लब पोखराका अध्यक्ष थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समिति सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए।

कराँते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरे।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले दुर्इ दशकअघि स्थापना भएको सहारा खेलकुद र सामाजिक कामका लागि उदाहरणीय क्लब भएकाले अन्य क्लबले त्यसबाट प्रेरणा लिनुपर्ने बताए।

क्लब अध्यक्ष थापाले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीहरुले एकेडेमीको भ्रमण गर्दा एकेडेमीका खेलाडीको हौसला बढ्ने बताए। उनले एसियाडमा भाग लिने खेलाडीलाई क्लबतर्फबाट सफलताको कामना गरेका थिए।

सोही अवसरमा हङकङ सहारा क्लबका सहकोषाध्यक्ष नवराज -प्रवीण) गुरुङले एकेडेमीका खेलाडीका लागि फलफूल र चाउचाउ प्रदान गरेका थिए।

प्रतिक्रिया

Comments on राष्ट्रिय कराँते टोली सहारा एकेडेमीमा

अन्य समाचार

गुरुङ चलचित्र 'मैरिमो’ प्रदर्शन तयारी

लमजुङ, २० जेठ। समाजमा सचेतना फैलाउने उद्देश्यले तयार गरीएको गुरुङ चलचित्र 'मैरिमो’ -सम्झी रहेछु/मिस यु) को जिल्ला सदरमुकाम बेसीशहरमा प्रदर्शनको तयारी गरिएको छ। बेसीशहरस्थित अन्नपूर्ण चलचित्र मन्दिरमा जेठ २६ गते शनिबारका दिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको पत्रकार भेटघाटमार्फत आयोजकद्वारा जानकारी गराइएको छ। 'गुरुङ फिल्मको इतिहासमा पहिलोपटक एकसाता लगातार आफ्नो प्रदर्शन गर्न सो गुरुङ चलचित्र 'मैरिमो’ सफल रुप्ामन प्रदर्शन हँदै आएको सो चलचित्रका सह-निर्देशक एवं कलाकार गमन घलेले बताए। यसअघि चलचित्र 'मैरिमो’को पोखरा, चितवन, काठमाडौं, मनाङ साथै अमेरिकामा ४ शो र बेलायतमा ३ शो प्रदर्शन भइसकेको छ,’ उनले भने। चलचित्र 'मैरिमो’ जेठको पहिलो साता दमौलीमा आयोजित दोस्रो गुरुङ चलचित्र महोत्सवमा विशेष…

फूलबारी मन्टेसरीमा सकारात्मक तालिम

पोखरा, २० जेठ । फूलबारी मन्टेसरी कटेज प्रि-स्कूल, नदीपुरमा सकारात्मक विद्यालय संस्कृतिसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिमको सहजीकरण इन्स्टिच्युट फर पोजेटिभिटी एण्ड हुमान डेभलपमेन्टका संस्थापक प्रशिक्षक डा विश्व युधीर पौडेल र्घर्तीले गरेका थिए । उनले विद्यालयमा सकारात्मक संस्कृति कार्यशाला किन आवश्यक छ र यसले विद्यार्थीमा कस्तो प्रभाव पार्छ भन्नेबारे प्रकाश पारेका थिए। फूलबारी मन्टेसरी कटेज प्रि स्कूलका प्रिन्सिपल अरुणा शेरचनले तालिमले शिक्षकहरुमा आफै निखार आउनुका साथै विद्यालयमा सकारात्मक संस्कृतिको वातावरण विकास अझ प्रभावकारी बनाउन १८ वर्षदेखि आफू लागिपरेको बताइन् । उनले तालिमबाट निस्केका…