फूलबारी मन्टेसरीमा सकारात्मक तालिम

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७५
fulbari montessory

पोखरा, २० जेठ । फूलबारी मन्टेसरी कटेज प्रि-स्कूल, नदीपुरमा सकारात्मक विद्यालय संस्कृतिसम्बन्धी तालिम सम्पन्न भएको छ।

तालिमको सहजीकरण इन्स्टिच्युट फर पोजेटिभिटी एण्ड हुमान डेभलपमेन्टका संस्थापक प्रशिक्षक डा विश्व युधीर पौडेल र्घर्तीले गरेका थिए ।

उनले विद्यालयमा सकारात्मक संस्कृति कार्यशाला किन आवश्यक छ र यसले विद्यार्थीमा कस्तो प्रभाव पार्छ भन्नेबारे प्रकाश पारेका थिए।

फूलबारी मन्टेसरी कटेज प्रि स्कूलका प्रिन्सिपल अरुणा शेरचनले तालिमले शिक्षकहरुमा आफै निखार आउनुका साथै विद्यालयमा सकारात्मक संस्कृतिको वातावरण विकास अझ प्रभावकारी बनाउन १८ वर्षदेखि आफू लागिपरेको बताइन् । उनले तालिमबाट निस्केका निष्कर्ष प्रभावकारी ढंगले बाल क्लब गठन गरी अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरिन् ।

तालिम अत्यन्त प्रभावकारी भएको र जान्नै पर्ने कुरा सिक्न पाएकोमा स्कूल परिवारलाई शिक्षक नवाङ श्रेष्ठले आभार व्यक्त गरिन् । तालिममा २२ जना शिक्षकको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width