‘निर्धक्क भएर पत्रकारितामा लाग्नु’’

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७५

गल्याङ, १९ जेठ। तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले निर्धक्क रुपमा कलम चलाउन पत्रकारलाई सुझाव दिएका छन्।

स्वतन्त्र पत्रकार संघ नेपालको सातौं केन्द्रीय वाषिर्क साधारण सभा तानसेनमा शनिबार उद्घाटन गर्दै उनले सो सुझाव दिएका हुन्। वस्तुनिष्ठ र यथार्थ पत्रकारिता स्वतन्त्र पत्रकारिता भएकाले त्यस अभियानमा लाग्नुपर्नेमा उनको जोड छ । उनले देखिने आन्दोलनभन्दा पनि नदेखिने रुपबाट पत्रकारले आन्दोलन चलाउनु पर्ने बताए ।

नगर प्रमुख शाहीले राज्यले सिंहदरबारको अधिकार स्थानीय तहमा भने पनि विभिन्न बहानामा अधिकार कटौंती गरेको बताए । अहिले हरेक स्थानीय तहमा बजेट घटेर आयो भने पनि केन्द्रले स्थानीय तहलाई दिएको अधिकार पनि कटौती गरेका कारण बजेट घटेको उनले बताए।

उनले पत्रकारले विभिन्न रंगीन चस्मा लगाएर समाचार लेख्दा वास्तविक विषयवस्तु बाहिर नआउने भएकाले सबैको विश्वास गर्ने बनेर आफ्नो पेशामा लाग्न आग्रह गरेका थिए।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका सल्लाहकार नारायण कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल लगायतले आफ्नो पेशामा निर्धक्क भएर समाजका हरेक कुरालाई आमजनसमुदायमा पुर्‍याउनु पर्नेमा जोड दिए ।

‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै पत्रकार भन्नु भन्ने मूलनाराका साथ स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रको आयोजना र स्वतन्त्र पत्रकार संघ नेपाल पाल्पाको व्यवस्थापनमा श्रीनगरमा साधारणसभा भएको हो । कार्यक्रममा संघद्वारा प्रकाशित ‘स्वतन्त्र सन्देश’ मुखपत्र विमोचन गरिएको थियो।

कार्यक्रममा संघका विभिन्न जिल्ला अध्यक्षहरुले सम्बन्धित जिल्लाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारण सभाले आठबुँदे घोषणापत्र जारी गरेको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संघ कास्कीका अध्यक्ष कृष्ण थापा र सञ्चालन केन्द्रीय महासचिव नवराज पहाडीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width