पाल्पाली समाज पोखराको स्वागत

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७५
palpali samaj samamn -075 – Copy

पोखरा, १९ जेठ । पाल्पाली समाज पोखराले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवलगायत व्यक्तिलाई स्वागत सम्मान गरेको छ ।

समाजले शनिबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, सहायक प्रजिअ राजेश पन्थी, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा कार्यरत डा. खेमराज अधिकारी, पाल्पाली कवि शालिकराम नेपाल र ज्योतिष भगवान शास्त्रीलाई समाजमा स्वागत तथा सम्मान गरेको हो । उनीहरुलाई समाजका अध्यक्ष कुलप्रसाद घिमिरे, पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, सल्लाहकार एवं संरक्षक चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार जनपुकार मुनकर्मी, जगदीश गौतम, बाबुराम खनाल लगायतले फूलमाला सहित सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै सहायक प्रजिअ पन्थीले कुनै पनि संघसंस्था तथा समाज खोल्नु ठूलो कुरा नभई निरन्तरता दिनु महत्वपूर्ण हुने बताए । उनले समाजको हितको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गर्दै प्रशासनिक कार्य सम्पादनमा समेत समाजको सकारात्मक सुझावको अपेक्षा गरे ।

मन्त्रालयका सचिव श्रेष्ठले समाजले आपसी भाइचारा र मित्रभाव राख्न निकै महत्व राख्ने बताए । उनले जिल्ला बाहिर जाँदामात्र आफन्त र साथीभाइको अभाव महसुस हुने उल्लेख गर्दै यस्ता खालका कार्यक्रमले त्यसको पूर्ति गर्ने बताए । समाजका सल्लाहकार जनपुकार मुनकर्मीले पाल्पाली समाजका पछिल्ला गतिविधिले समाज पहिले जस्तै जुर्मुर्‍याउन लागेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा आगामी दिनमा समाजले सहकारी स्थापनाका लागि छलफल समेत गरेको छ । हाल गठित कल्याणकारी कोष संयोजक रहेका समाजका सल्लाहकार एवं संरक्षक चिरञ्जीवी श्रेष्ठले त्यसको योजनाबारे जानकारी गराए ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष बालचन्द्र परियार र संचालन सचिव श्रीधर पराजुलीले गरेका थिए । यस्तै कोष विस्तारमा धेरै सदस्य बनाई योगदान गरेकोमा समाजका सदस्य गिरिराज पोखरेल र रेणुका बज्राचार्यलाई सम्मान गरियो भने पाल्पामा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width