Worldlink ads

भ्रष्टाचारविरुद्ध अप्रेसन : गृहमन्त्री थापा

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५

चितवन, १७ जेठ ।गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारीविरुद्ध अप्रेशन जरुरी भएको बताएका छन् । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलालाई बिहीबार सौराहामा सम्बोधन गर्दै उनले देशलाई समृद्धितर्फ लैजान भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको बताए।

उनले भने,  ‘भ्रष्टाचारविरुद्ध स्टिङ अप्रेशन आवश्यक छ, देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेका छन् । त्यसका विरुद्ध पत्रकारहरु समेत लाग्नुपर्छ ।’ लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पूँजीपति, राष्ट्र विरोधीको नाम र फोटो प्रकाशित गर्न पत्रकारहरुलाई गृहमन्त्री थापाले आग्रह गरे ।

देशलाई समृद्धितर्फ लैजान भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्नुपर्ने भन्दै उनले भने ‘श्रम नै नगरी कालो धन भित्राउने र विकासविरोधी ठेकेदारको विरुद्ध पत्रकारहरु समेत सक्रिय हुनुहोस् ।’

विकासका योजनाहरु ठेक्का लिने तर समयमा नसक्ने विरुद्ध कारवाही हुने बताउँदै गृहमन्त्री थापाले पत्रकारहरुलाई आग्रह गरे ‘नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवाद होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै हुन् । तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी छ ।’ पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा जोड दिंदै उनले पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गर्दै भ्रष्टाचार रोक्न राज्यसँग पत्रकारहरुले पनि भूमिका खेल्नुपर्ने बताए । लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गर्दै उनले भ्रष्टाचार विरुद्ध खुलेर कलम चलाउन आग्रह गरे । चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डेले विगतको दिनमा केही संभ्रान्त वर्गको हितमा पत्रकारिता प्रयोग भएको भएपनि अबको दिनमा आवाजविहिनहरुको आवाजको रुपमा पत्रकारिता उभिन सक्नुपर्ने बताए । पत्रकारिता कुनै व्यक्ति तथा सरकारको पक्षमा नभएर समृद्ध मुलुक निर्माणको लागि देश र जनताप्रति जवाफदेही हुनुपर्ने पाण्डेको भनाई छ ।

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेल, महासंघका उपाध्यक्ष दिलीप थापामगर लगायतले सम्बोधन गरेका थिए । नेपाल फोटो पत्रकार महासंघको आयोजना तथा जिल्ला शाखा चितवनको संयोजनमा भएको जिल्ला अध्यक्षहरुको केन्द्रीय भेलामा देशका विभिन्न ३२ शाखाबाट ५० जना सहभागी छन् ।

Related News

सम्बन्धित समाचार

    • शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      रामपुर (पाल्पा) ।  हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट…
    • ताल प्राधिकरणका प्रमुख गुरुङको राजीनामा स्वीकृत

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा। अनुप गुरुङको राजीनामा…
    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग