लमजुङ, १७ जेठ । लमजुङमा रहेका सहकारी संस्थाहरू स्थानीय तहमा हस्तारण प्रक्रिया शुरू भएको छ । सहकारी डिभिजन कार्यालय दमौलीले नेपालको संविधान २०७२ मा उल्लेख भएबमोजिम संघ, प्रदेश र स्थानीय तहलाई सहकारी संस्थाको अभिलेख हस्तारण प्रक्रिया अगाडि बढाएको हो ।
जिल्लास्थित ३ स्थानीय तहलाई ती संस्था अभिलेख हस्तारण गरेको हो । जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको एक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले क्होलासोंथार गाउँपालिकाका अध्यक्ष प्रेम घले र दोर्र्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेलाई अभिलेख हस्तान्तरण गरे ।
क्हांेलासोथरका १२, दूधपोखरीका २३ र दोर्र्दी गाउपालिकाका २८ सहकारी संस्थाको अभिलेख हस्तारण गरिएको सहकारी डिभिजन कार्यालयका अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जिल्लाका ४ वटा नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाको समेत अभिलेख केही दिनमै हस्तान्तरणको तयारी भइरहेको छ। उनले एक स्थानीय तहभन्दा वढीमा कार्यक्षेत्र रहेका सहकारीहरुको दर्ता र नियमन भने प्रदेश सरकारले गर्ने बताए ।
लमजुङका ६३ सहकारीको अभिलेख भने प्रदेश सरकारलाई वुझाउने सहकारी निरीक्षक यमबहादुर रानाले बताए । उनका अनुसार लमजुङमा कूल ३ सय २१ सहकारी संस्थाहरू सञ्चालित छन् । तीमध्ये बेसीशहर नगरपालिकामा ४८, सुन्दरबजार नगरपालिकामा ४७, रागिनास नगरपालिकामा ३७, मध्यनेपाल नगरपालिकामा ३२ सहकारी संस्थाहरु छन् । यसैगरी, मस्र्याङदी गाँउपालिकामा ३१ वटा सहकारी संस्था संचालित छन् ।
अबका दिन सहकारी दर्ता, नियमन, अनुगमनका साथै प्रवर्द्धनका कामसमेत स्थानीय तहबाटै हुने सहकारी अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार डिभिजन कार्यालय, दमौली तनहुँले अहिले चार जिल्लाका १ हजार १ सय ६७ सहकारी संस्थाको नियमन गर्दै आएको छ ।
सो अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकारी ऐनबारे जानकारी गराइएको थियो । जिल्लास्थित ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष तथा प्रशासकीय अधिकृतहरूलाई सहकारीको अवधारणा र सहकारी ऐन २०७४ का व्यवस्था तथा नियमावलीबारे जानकारी गराइएको सहकारी डिभिजन कार्यालयका अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार मुलुक संघीय प्रणालीमा प्रवेश गरेसँगै सहकारीका काम स्थानीय तहबाट सम्पादन हुने भएपछि स्थानीय जनप्रतिनिधिलाई सहकारी ऐन, कार्यक्रम र नीति नियम तथा नियमावलीका बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९