सेन्ट फ्रान्सिसको सचेतना र्‍याली

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५
sant francass 17

लेखनाथ, १७ जेठ ।धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा पार्ने असरबारे जनचेतना फैलाउने उद्देश्यले पोखरा लेखनाथ-१४ मा रहेको सेन्ट फ्रान्सिस विद्यालयले विहिवार विभिन्न ठाउँमा सडक नाटकसहित सचेतनामूलक र्‍याली निकालेका छन् ।

विद्यालयको आयोजना, शिक्षकहरुको ब्यवस्थापन र विद्यार्थीहरुको सहभागितामा पोखरा लेखनाथ महानगरपालिका अन्तरगत लेकसाईड, बगर, चिप्लेढुङा र लेखनाथ नगर क्षेत्रको विजयपुरदेखि तालचोकसम्म धुम्रपानका असर र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे जनचेतनामूलक कार्यक्रम गरिएको हो।

यसैविच, कक्षा १० मा अध्यनरत विद्यार्थीहरुले पोखरा लेखनाथ २६ को विजयपुरदेखि तालचोकसम्म सचेतनामूलक र्‍याली निकाल्दै बुढिवजार र तालचोकमा धुम्रपानको सेवनले हुने रोगबारे जानकारी गराउँदै कुनैपनि सुर्तीजन्य पदार्थको प्रयोगबाट टाडै रहनुपर्ने सन्देशमूलक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक विज्ञान तिमिल्सिना, विदुर अर्याल, दिनेश रानाभाट, विद्यार्थी सेजल पुन, पुणिर्मा वाग्ले, सुजल परियार, वुढिवजार बजार ब्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी र स्थानीय शक्तिवल्लभ सिग्देल लगायतले रोग लाग्नु पूर्वनै शरीरलाई हानी पुर्‍याउने धुम्रपान तथा मध्यपानबाट टाढै रहनुपर्ने सुझाव राखेको विद्यालयका कार्यक्रम संयोजक हिमाल शर्माले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width