लक्ष्मी माविलाई भूतपूर्व विद्यार्थीको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५
Laxmai Ma.V

लेखनाथ, १७ जेठ ।पोखरा लेखनाथ महानगरपालिका-२६, अघौर्स्िथत श्री लक्ष्मी माविको शौक्षिक तथा भौतिक विकासका लागि भूपू विद्यार्थीहरुको सहयोग आउने क्रम जारी छ ।

विद्यालय परिसरभित्र निर्माणाधीन भवनको लागि पछिल्लो समय ललितपुर महानगरपालिका वडा नं १० कुपन्डोलनिवासी सृजना बराल सुवेदीले स्वर्गीय पिता भिमपाणि बरालको स्मृतिमा नगद १ लाख ११ हजार १ सय ११ सहयोग गरेकी छन् । उक्त सहयोग रकम आमा राधिका बरालले विद्यालयका प्रधाना अध्यापक ऋषिकेश बराललाई हस्तान्तरण गरेकी हुन्।

सोही अवसरमा पोखरा लेखनाथ २६ निवासी भू.पू.विद्यार्थी रेशमबहादुर कार्कीले स्वर्गीय आमाको स्मृतिमा ६६ हजार ६ सय ६६ पिता रामबहादुर कार्कीद्वारा हस्तान्तरण गरेका थिए ।

पोखरा लेखनाथ २७ घर भई हाल जापाननिवासी यस विद्यालयकी भूपू विद्यार्थी मञ्जु गिरिले स्वर्गिय ससुरा डिगम्बर गिरिको सम्झनामा नगद रु २० हजार देवर गणेश गिरि र विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष स्वर्गिय टेकबहादुर थापाको स्मृतिमा छोरी गंगा थापा भण्डारी र जुवार्ँइ रमेश भण्डारीद्वारा नगद रु १५ हजार ५ रुपैयाँसमेत सोही समारोहमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण जिसी र प्रधानाध्यापक ऋषिकेश बराललाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

विद्यालयमा अध्ययन गरेका भू.पू.विद्यार्थी तथा शिक्षकहरु जो घर, देश र परदेशमा आफनो पसिना बगाई रहेका छन् उनीहरुले स्थानीय संघसंस्था वा ब्यक्तिगत रुपमा  विद्यालयलाई निरन्तर रुपमा पाइरहेको प्रधानाध्यपक ऋषिकेश बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width