पोखरा, १५ जेठ । असल छिमेकी सहयोग संघ (गोनेसा) ले यस शैक्षिक वर्षका लागि करिब ५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघले विद्यालय भर्ना सहयोग कार्यक्रमअन्तर्गत स्कूल ब्याग, पोशाक लगायत शैक्षिक सामाग्री वितरण गरेको हो ।
गोनेसाले सन् २००३ देखि आर्थिक रुपमा कमजोर बालबालिकालाई अध्ययनका लागि सहयोग गर्दैआएको छ ।
गोनेसाको सहयोगमा कक्षा १ देखि १२ कक्षासम्म चार सय २४ जना विद्यार्थी र २३ बाल विकास केन्द्रमा ५ सय बढी बालबालिका अध्ययन गर्दै आएका छन् । गोनेसाले उनीहरुलाई शिक्षासँगै पोषण र उपचार सेवा समेत उपलब्ध गराउँदै आएको गोनेसाका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।
मङ्गलबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्य, गैरसकारी संस्था महासंघका सचिव डा बुद्विबहादुर थापा, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, केयर नेपालका बालकृष्ण जमरकट्टेल, असल छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टोपराज ढुङ्गाना, जानकी आधारभूत विद्यालयका प्रधानाध्यापक गोपालराज पौडेलले शैक्षिक सामाग्री वितरण गरेका थिए । त्यस अवसरमा गोनेसाले पढाइरहेका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा ल्याउने आधारभूत विद्यालयतर्फ छात्र सन्दीप पौडेल, छात्रा सविना बिक र मावितर्फ छात्र साजन गौतम, छात्रा नीतु पुनलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा मन्त्री पुनले बालबालिकाका लागि शिक्षाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले विद्यार्थीसँगै अभिभावकले पनि आफ्ना छोराछोरीको पढाइमा विशेष ध्यान दिनु पर्ने बताइन्।
महानगरपालिकाका शिक्षा विभाग प्रमुख केदार आचार्य र गैर सरकारी संस्था महासंघ कास्कीका सचिव डा बुद्विबहादुर थापाले गोनेसाले शिक्षामा गरेको सहयोग प्रशंसनीय भएको बताए ।
गोनेसाका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सीता परियारले स्वागत र कार्यक्रम संयोजक कमला रिमालले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
पत्रकार घिमिरेलाई दुर्व्यवहार गर्नेहरुले मागे माफी, आगामी दिनमा यस्ता कार्य नदोहोर्याउने प्रतिवद्धता
पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
हेम्जामा सेती किनारकाे सार्वजनिक जग्गामा निर्माण भएका टहरा हटाइयो
रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
बेगनासताल धार्मिक पर्यटन विकासमा ध्रुवनाथ
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
माघ १५, २०७९रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९