Worldlink ads

टिभिएस अपाचे स्पोर्टस् अवार्डमा टिसर्ट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५
t shrit

पोखरा, १४ जेठ । पोखराको न्यूरोडस्थित गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिले खेलकुद पत्रकार मञ्च कास्कीलाई तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड-२०७४ सर्न्दर्भमा टिसर्ट सहयोग गरेको छ।

प्रालि सञ्चालक चीनु गुरुङले मञ्चका अध्यक्ष केशव पाठकलाई सोमबार आयोजिक एक समारोहमा टिसर्ट हस्तान्तरण गर्दै महत्वपूर्ण कार्यक्रममा जोडिन पाएकोमा खुशी ब्यक्त गरिन्।

पोखरा उद्योग वाणिज्य संघ सदस्य समेत रहेकी गुरुङले कम्पनीतर्फबाट हरेक वर्ष निरन्तर सहयोग गर्ने गरी सम्झौता समेत गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले मञ्चको अवार्ड कार्यक्रम प्रशंसनीय रहेको जनाउँदै अन्यले पनि सक्दो सहयोग गर्नुपर्ने बताइन्।

मञ्च अध्यक्ष पाठकले सहयोगप्रति आभार प्रकट गर्दै खेलकुद पत्रकारको संस्थाले पोखरामा विगत ३ वर्षदेखि अवार्ड समारोह गर्दैआएको बताए ।

सो अवसरमा मञ्च उपाध्यक्ष समेत रहेका अवार्ड संयोजक दीननाथ बराल, कार्य समिती सदस्य नारायण शाही लगायतको उपस्थिति थियो। वितरित टिसर्ट शाहस स्पोर्ट्स काठमाडौंले बनाएको हो।

यही जेठ १८ गते पोखरा सभागृहमा मञ्चले अवार्ड समारोह गर्दैछ । विभिन्न विधाअन्तर्गत वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी, करण केसी र तिलक पुनमगर तथा महिलातर्फ बिमला नेपाली, कमला पुन र केशरी आलेमगर मनोनयनमा परेका छन् ।  वर्ष खेलाडी पुरुषलाई र महिलालाई क्रमशः टिभिएस अपाचे मोटरसाइकल र स्कूटर दिइनेछ ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडीको मनोनयनमा विवेक अधिकारी, बुद्धिमाया मगर ‘कविता’, मेगबहादुर सेन, वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे, रिजन प्रजु र शिवबहादुर गुरुङ मनोनयनमा परेका छन्। लाइफ टाइम अचिभमेन्ट अवार्डबाट प्राडा वीरेन्द्रसिंह गुरुङ सम्मानित हुनेछन् भने उत्कृष्ट खेल संघतर्फ जिल्ला ब्याडमिन्टन संघ र एक जना पत्रकार समेत पुरस्कृत हुनेछन् । कार्यक्रम युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको आतिथ्यमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads