जिम्न्याष्टिक्स तालिम हुँदै

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५
jimnastic

पोखरा, १४ जेठ। कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठीमा प्रशिक्षण दिन जर्मनी टोली पोखरा आएको छ।

जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको आयोजनामा मंगलबारदेखि हुने तीनदिने कार्यशाला गोष्ठीका लागि जर्मनी प्रशिक्षक रिनीहेसिचर र्टनवण्ड (जिएफए, डिटिवी) डेटलेफ मनाको समूह सोमबार पोखरा आएको हो।

उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक राजु कायस्थ, सदस्य केशवशरण पौडेल, सदस्य राजु केसी, सदस्य शिवराज पौडेल, सदस्य मनकाजी गुरुङ, सल्लाहकार हेमन्त अधिकारी तथा प्रेस संयोजक प्रकाशचन्द्र सापकोटाले माला लगाई स्वागत गरेका थिए।

गोष्ठिमा जर्मनी प्रशिक्षक रिनीहेसिचर र्टनवण्ड (जिएफए, डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्वारा प्रशिक्षण दिने जिम्न्याष्टिक्स फर अल कमिटि कास्कीका सदस्य केशवशरण पौडेलले जानकारी दिए।

कार्यक्रममा निजी तथा सामुदायिक विद्यालयका शिक्षक, प्रिन्सिपलसँग ५० वर्ष नाघेका नागरिक गरी १ सय जना सहभागिता रहने संयोजक कायस्थले जानकारी दिए।

कार्यक्रम गर्न करिब ४ लाख रुपैयाँ खर्च लाग्ने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य राजु केसीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width