सामाजिक अध्ययन मञ्चमा पौडेल

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७५

लेखनाथ, १४ जेठ । सामाजिक अध्ययन मञ्च कास्कीमा पुनः टेकनाथ पौडेल चयन भएका छन्। मञ्चको हालै सम्पन्न पाँचौं अधिबेशनले टेकनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा बोधराज गौतम, सचिवमा गोबिन्द काफ्ले, सहसचिवमा सकुन्तला सोती, कोषाध्यक्षमा घनश्याम आचार्य चयन भएका छन् । यसैगरी, सदस्यहरुमा टिकाराम शर्मा, सन्दीप अधिकारी, तिलकप्रसाद काफ्ले, बिष्णुप्रसाद सुबेदी र डिलकुमारी पौडेल छन् । मञ्चको सल्लाहकारहरुमा दिनेश अर्याल, अम्बरबहादुर कुँवर र राजिब उपाध्याय छन्।

पोखरा लेखनाथ महानगरपालिकाका शिक्षा प्रशासन महाशाखा प्रमुख केदार आचार्यले अधिवेशनको उद्घाटन गरेका हुन्। आचार्यले सामाजिक दर्पण-३ को बिमोचनसमेत गरे । उपप्राध्यापक अमृतकुमार भण्डारीले सामाजिक दर्पण-३ को समीक्षा गरेका थिए ।

कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष डोलराज अर्याल, युनिप्स कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङ, प्याब्सन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठ, इन्सेक पोखराका प्रमुख शिव खकुरेल, राष्ट्रिय मानबअधिकार आयोग पोखरा कार्यालय प्रमुख नितु गतौर्ला, संथापक अध्यक्ष र्सुय गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा राजु गुरुङ, यज्ञराज शर्मा र हरिकुमार श्रेष्ठलाई सामाजिक अध्ययनका क्षेत्रमा योगदान गरेको भन्दै मञ्चल सम्मान समेत गरेको थियो ।

अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गोबिन्द काफ्लेले स्वागत सामाजिक दर्पण-३ का सम्पादन मण्डलका संयोजक बोधराज गौतमले धन्यवाद तथा सचिव घनश्याम ओझाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width