चट्याङले डुंगा डुब्दा फेवातालमा युवक वेपत्ता

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
Fewa Taal

पोखरा, १३ जेठ । कक्षा १२ को परीक्षा भर्खरै मात्र सकियो। अब परीक्षाफल कुर्नुबाहेक अरु काम थिएन । मन मिल्ने साथीहरु कतै घुम्न निस्कने योजना बन्यो । स्कुलमा सँगै लामो समय पढेका साथीहरु विभिन्न क्याम्पसमा छरिएपनि दोस्ती उस्तै थियो । त्यसैले, स्कुले साथीहरु पोखरा घुम्न जान तयार भए ।  रामेछाप घर भई भक्तपुर र्सुयविनायक बस्ने १८ वषिर्य सुप्रिल लामा, सिन्धुली घर भई सोही ठाउँ बस्ने १८ वषिर्य बिशाल थापा, भक्तपुरका १९ वषिर्य मन्दिप महत, सो ठाउँका १७ वषिर्य शुशिल कुँवर र काठमाण्डौ सितापाइला घर भएका १७ वषिर्य अनिल रोक्कासहित ५ जना शनिबार मोटरसाइकलमा भक्तपुरदेखि पोखरा हुइँकिए ।

पोखरा आएर शनिबार राति लेकसाइडको होली हेभन होटलमा बिताए । आइतबार दिउँसो फेवाताल घुम्ने योजना बन्यो । मौसम राम्रो थियो । पाँच जनाले एउटा डुंगा लिए । आफै चलाएर ताल घुम्न थाले । दिउँसो ३ बजेतिर एक्कासी पानी पर्‍यो । हावाहुरी र पानीले फेवातालमा छाल उठ्ने गर्दछ । पाँचै जना सुरक्षामा सजग भएर लाइफ ज्याकेट, हेल्मेटसहित लगाएका थिए । तर, चट्याङले डुंगाको पाइडल खियाइरहेका सुप्रिललाई नै हान्यो । उनी तालमा खसे । अझैसम्म वेपत्ता छन् । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार बाँकी चार जनाको भने सकुशल उद्धार गरिएको छ । ‘सेफ्टी तरिकाले नै गएका हुन् । जब मन्दिरको उत्तरतिर गए खपौदी र पामेको बीच भाग फेवातालको शिरतिर पुगे । चट्याङ हानेर डुब्न पुगेको साथीहरुले बताएका छन् ।’ डीएसपी कार्कीले भने, ‘एपीएफको उद्धार टिम तत्काल पुग्दा चारै जना रोइरहेका थिए । एक जना डुबिसकेका थिए ।’

उद्धार गरिएका चारै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । डीएसपी कार्कीका अनुसार खोजी गर्दा हेल्मेट र लाइफ ज्याकेट मात्र भेटियो । ज्याकेटको तुना नै चुँडिएर एउटा साथी डुबेको उनीहरुको भनाई छ । सशस्त्र प्रहरी, आर्मीको रेस्क्यु टिमसहित प्रहरीले दिनभर खोजी गरेपनि लामाको अवस्थाबारे थाहा हुन सकेको छैन । सोमबार बिहानैदेखि पुनः खोजी गरिने डीएसपी कार्कीले बताए । चार जना अहिले हस्पिटलको बेडमा छन् । सुप्रिललाई जीवित भेटिने आश त छैन तरपनि उनीहरुलाई लागिरहेको छ ‘सुप्रिल टुप्लुक्क आइदिए कति खुशी हुन्थ्यौं। घर परिवारका अगाडि जस्तो लिएर आएको, उस्तै लैजान पाए ∕’

दुइवर्ष अगाडि २०७३ साउन २४ गते काठमाण्डौबाट पोखरा घुम्न आएका सात जनामध्ये दुर्इ जनाको डुंगा पल्टिएर डुब्दा ज्यान गएको थियो। काठमाडौंका १९ वषिर्य प्रतिक श्रेष्ठ र २३ वषिर्य एलिन केसीको मृत्यु भएको थियो। पाँच जना मात्र बाँच्न सफल भएका थिए। दुर्घटनामा धेरैले ज्यान गुमाइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width