कृष्ण सेन इच्छुकको सम्झना

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५

पोखरा, १३ जेठ ।कास्कीका संचारकर्मीहरुले पत्रकार तथा सहित्यकार कृष्ण सेन ‘इच्छुक’लाई सम्झना गरेका छन् । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका पत्रकार, साहित्यकार ‘इच्छुक’को १६ औँ स्मृतिमा पत्रकारले पत्रकारितामा अझै सुरक्षा चुनौतीहरु विद्यमान रहेको बताए । सेनका हत्याराहरुलाई कानूनी कारवाही गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने भनाई सहभागिले औँल्याए ।

नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले कम्युनिस्ट आदर्श र परिवर्तनका लागि बलिदान गर्नेहरुलाई कदर गरिने बताए । हालै बनेको नेकपाले परिवर्तन र समाजवादको नेतृत्व गर्ने उनको भनाइ छ । नेता गुरुङले भने, ‘हाम्रा लागि यो अवसर र चुनौती दुवै हो । सहिदका आदर्श विचलित हुन दिन्नौं ।’

लेखक सुरेश रानाभाटले र्ँइच्छुक’को जीवन र उनले अंगीकार गरेको दर्शनमा एकरुपता भएको उल्लेख गरे । र्ँइच्छुक’को विषयमा विश्वविद्यालयमा शोधपत्र लेखेका रानाभाटले ‘इच्छुक’ खरो, स्पष्ट र प्रतिवद्ध स्वभाव स्वाभिमानी पत्रकार/लेखकका लागि अनुकरणीय रहेको उल्लेख गरे । उनले भने, र्ँइच्छुक’ हाम्रा लागि अनुकरणीय छन् ।’ क्रान्तिको अगुवाइ गर्नेहरु नै सक्तामा रहेकाले उनको हत्यामा संलग्नलाई दण्डित गर्न सरकारलाई रानाभाटले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल र सचिव रामप्रसाद तिमिल्सिनाले पनि बोलेका थिए । साहित्यकार फडिन्द्र अधिकारी ‘अधिकञ्चन’ले र्ँइच्छुक’का सपना साकार गर्न नेतृत्वलाई कवितामार्फत् खबरदारी गरे । स्मृति दिवस संयोजन समितिका संयोजक सन्देश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार कृष्ण दवाडीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width