सन्दिपलाई पोखरामा सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
Sandip Lamichhane

पोखरा, १३ जेठ ।चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेलाई पोखरामा नगद एक लाखसहित सम्मान गरिएको छ ।

पोखरा नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले इण्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेटर सन्दिपले त्यहाँ गरेको उच्च प्रदर्शनको कदरस्वरुप पोखरामा आइतबार सम्मान गरेको हो । अटो वेज प्रालि पोखरा र प्रतिभा माविले संयुक्त रुपमा सन्दिपलाई नगद एक लाख सहित प्रशंसापत्र र दोसल्लाले सम्मान गर्‍यो ।

सम्मान ग्रहणपछि सन्दिपले पोखरेलीको सम्मानबाट आफू हषिर्त भएको बताए । उनले विद्यालयका विद्यार्थीहरुलाई पहिलो प्राथमिकता पर्ढाईलाई दिएर सँगसँगै आफ्नो रोजाइको खेललाई अघि बढाउन आग्रह गरे । उनले पोखरामा आफूलाई मिलेको सम्मानले भविष्यमा राम्रो गर्न प्रेरित गरेको समेत बताए ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं. ४ सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलक्षेत्रले राष्ट्रलाई नै चिनाउने भएकाले यसतर्फ पनि सोच्दै प्रदेश सरकार खेलकुदको विकासमा लागिपरेको बताइन् । उनले सन्दिप लामिछानेको प्रदर्शनबाट उनीसँगै सिंगो नेपालकै चर्चा भएको उल्लेख गरिन् ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिभा माविले उच्च प्रतिभाको मूल्यांकन गर्दै सम्मान गरेकोमा खुशी प्रकट गरे । सो अवसरमा विद्यालयका अध्यक्ष नारायण पौडेल, प्रिन्सिपल विश्व गोपाल पराजुली, कार्यक्रम संयोजक किरण सापकोटाले समेत बोलेका थिए । सम्मानअघि, क्रिकेटर सन्दिपले विद्यालय हातामै पुगेर विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width