तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्र्ट्स् अवार्ड

बगर भाइखलक यूके र सहारा हङकङबाट सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
TVS Apache

पोखरा, १३ जेठ ।तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ सफल पार्न बगर भाइखलक यूके र सहारा हङकङले सहयोग प्रदान गरेका छन् । पोखरामा आइतबार एक समारोहबीच विदेशबाट प्राप्त सहयोग आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीलाई हस्तान्तरण गरेको थियो ।

बगर भाइखलक युकेका अध्यक्ष चन्द्रमान गुरुङको अगुवाईमा त्यहाँ संकलित एक लाख १० हजार रुपैंया सदस्य मेचनमान गुरुङ र सहारा हङकङका अध्यक्ष दीपक गुरुङबाट संकलित ३० हजार रुपैंया संस्थाका सहकोषाध्यक्ष प्रविन गुरुङ ‘नवराज’ ले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे ।

यूकेबाट संकलित रकममा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशिमान गुरुङले २२ हजार सहयोग गरेका थिए । फोक्सटन नेपाली कम्युनिटी यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङले २५ हजार र यूकेबाटै सूर्य गुरुङले २५ हजार रुपैंया सहयोग गरिसकेका छन् । हस्तान्तरण समारोहमा सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम गुरुङ लगायतको उपस्थिति थियो । मञ्चका अध्यक्ष केशव पाठकले यसअघिका दुर्इ संस्करण आयोजना गर्दा अधिक सहयोग विदेशबाटै प्राप्त भएको स्मरण गर्दै यस्तै सहयोगको अपेक्षा गरे ।

यसैबीच, जेठ १८ गते आयोजना हुने तेस्रो टीभीएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा स्पोर्र्ट्स् अवार्डको सवोर्त्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुनमगर (आर्चरी), सवोर्त्कृष्ट वर्ष खेलाडी मनोनयनमा परेका छन्। त्यसैगरी, महिलातर्फ बिमला नेपाली -सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आलेमगर (आर्चरी) मनोयनमा परेका छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट), वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फूल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् ।

विजेताहरुले टीभीएस अपाचे मोटरसाइकल, टीभीएस विगो स्कूटर, नगद, ट्रफी लगायत पुरस्कार प्राप्त गर्नेछन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, उत्कृष्ट खेल संघ जिल्ला ब्याडमिन्टन संघ कास्की र एक जना पत्रकारलाई खेल पर्यटन पत्रकारिता पुरस्कार समेत अर्पण गरिनेछ । चारै विधामा उत्कृष्टलाई वर्ल्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक/एक थान सामसुङ कम्पनीको मोबाइलसमेत प्रदान गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width