भाट समाज कास्कीमा रमेश

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
Bhat Samaj

पोखरा, १३ जेठ। भाट समाज कास्कीको अध्यक्षमा रमेशबहादुर रानाभाट चयन भएका छन्।

शनिवार पोखरामा सम्पन्न समाजको पाँचौ जिल्ला अधिवेशनले रमेश बहादुर रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीधर रानाभाट, उपाध्यक्षमा होमबहादुर रानाभाट र कृष्णबहादुर रानाभाट, सचिवमा रुद्र रानाभाट, सहसचिवमा सूर्यबहादुर रानाभाट, कोषाध्यक्षमा कुलबहादुर रानाभाट, सहकोषाध्यक्षमा तेजबहादुर रानाभाटलाई सर्वसम्मत चयन गरेको हो । त्यस्तै, सदस्यमा रामबहादुर रानाभाट, सूर्यबहादुर रानाभाट, कुमारी राईभाट, शान्ति रानाभाट, विष्णु रानाभाट, श्रीबहादुर रानाभाट, जीवन रानाभाट, भीमबहादुर रानाभाट र बलबहादुर रानाभाट छन्।

अधिवेशनको समाजका केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले उद्घाटन गर्दै भाटहरुको इतिहास खोजी अन्तिम चरणमा पुगेको वताए।

नयाँ संविधानमा भाट जातिलाई सूचीकृत नगरेकोमा खेद प्रकट गर्दै उनले आगामी दिनमा त्यो कार्यलाई अगाडि बढाउने बताए।

कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार चिनु रानाभाटले फिस्टेल ऐकेडेमीको तर्फबाट भाटवन्धुका छोराछोरीहरुलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले रु  ५५ हजारको फिष्टेल एकेडेमी अक्षयकोष स्थापना गरिएको जानकारी दिए।

सो अवसरमा केन्द्रीय सचिव शंकर रानाभाट, पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाट, केन्द्रीय सल्लाहकार चिनु रानाभाट, भवन निर्माण तथा अर्थ संकलन समितिका अध्यक्ष ठाकुरप्रसाद रानाभाट, पवित्र बचत तथा ऋण सहकारी अध्यक्ष शिवबहादुर रानाभाट, भवन निर्माणका लागि जग्गादाता ओमबहादुर बन्जराभाट, इकाइकातर्फबाट लेखनाथ २६ इकाईका अध्यक्ष नरेश बन्जराभाट लगायतले बोलेका थिए।

पोखरा लेखनाथ-२६ लेखनाथ, कालिकाचोकमा निर्माणाधिन भवनका लागि नयाँ सदस्य रामबहादुर रानाभाटले १० हजार सहयोग अर्थ संकलन समितिलाई हस्तान्तरण गरेका थिए। सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा जग्गादाता तथा विभिन्न सहयोगदातालाई सम्मानसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width