शुक्लागण्डकी आदिवासी जनजाति महासंघमा जिसी

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७५
KhaireniTar Aadi Basi Janajati

खैरेनीटार, १३ जेठ ।  नेपाल आदिवासी जनजाति महासंघ, शुक्लागण्डकी नगर समन्वय समितिको दोस्रो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा बिमल जिसी भुजेललाई निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा तुलसीकुमारी श्रेष्ठ, सचिवमा सुमन आले, सहसचिवमा सोत्रबबहादुर कुमाल, कोषाध्यक्षमा खेम गुरुङ, सदस्यमा दीलमाया कुमाल, कर्णाया गुरुङ, पदमबहादुर भुजेल, मानकुमार तिमला, पूर्णबबहादुर आले, सुरेन्द्र तामाङ, दोकबहादुर तामाङ र दीपक ज्वारचन निर्वाचित भएका छन् ।

प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङले आदिवासी जनजातिले आफ्नो पहिचानका साथ एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमाल, शुक्लागण्डकी नगरपालिका वडा ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, वडा ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, बसुन्धरा र्घर्ती, दुर्गाकुमार श्रेष्ठ, सुजित हिराचन, इन्द्रबहादुर थापा, खड्गसिं थापा, खेमराज खनाल, जयबहादुर थापा, उमाकान्त श्रेष्ठ, माधव भट्टराई, दिलबहादुर श्रेष्ठ, रामकुमारी गुरुङ लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width