लेखनाथमा मगर समुदायको कौरा नृत्य

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५

लेखनाथ, ११ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा २६ मा रहेको नेपाल मगर संघ बूढीबजार इकाइ समितिले कानराहा (कौरा) नृत्य प्रस्तुत गरेको छ ।

‘जातीय पहिचान सहितको मौलिक परम्परा संस्कृति जगेर्ना गरौं’ भन्ने मूलनाराका साथ विगत वर्षदेखि जेठ महिनामा गरिने कौरा नृत्य मगर संघ बूढीबजार इकाइ शनिवार सो नृत्य प्रस्तुत गरेको हो ।

कार्यक्रममा नेपाल मगर समाज कास्कीका जिल्ला अध्यक्ष पूर्णबहादुर राना मगरले मगर समुदायको संस्कृति र पहिचान भनेकै कौरा नृत्य भएकाले राज्यबाट यसको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नेपालभरका विभिन्न क्षेत्रमा रहेका मगर समुदायमा मनाइने कौरा नृत्य र कौरा गाना मगरको पहिचान झल्कने नाच र गानमा कौरा, सोरठी, झयाउरे, सेरुगा, मारुनी, टप्पा र हुर्रा पर्दछन् । जसमा कौरा नाच विशेषगरी बाहृ मगरात क्षेत्रमा प्रचलित छ । जसमा नृत्य एउटा सांस्कृतिक अभ्यास हो । यसभित्र समाजको हरेक क्रियाकलाप प्रतिविम्बित हुन्छ ।

विशेषगरी तनहुँ, लमजुङ, गोरखा, कास्की र पाल्पा जिल्लामा मनाइने मौलिक कौरा नृत्यको व्यापकता यसको महत्व अझ फराकिलो हुँदैआएको छ ।

इकाइ अध्यक्ष पूर्णबहादुर पल्लीको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सहसचिव प्रेमपल्ली मगरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width