Worldlink ads

कोप्स् सेन्टरको गोरखा सम्मेलन

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
cops gorkha 1

पोखरा, १२ जेठ । को-अपरेटिभ प्रेसिडेन्टस सोसाइटी (कोप्स) सेन्टरको गोरखा जिल्ला सम्मेलन शनिबार गोरखामा सम्पन्न भएको छ ।

सहकारी, कृषि तथा भूमि व्यवस्था मन्त्री लेखबहादुर थापाले सहकारीले आफ्नो कुल पुँजीको ३० प्रतिशत उत्पादन क्षेत्र कृषिमा लगानी गरी राज्यलाई आत्मनिर्भर बनाउन सबै सहकारी एक हुन आग्रह गरे ।

प्रदेशले गोरखालाई सांस्कृतिक केन्द्रको रूपमा विकसित गर्ने लक्ष्य लिएकोले सबै गोर्खाली उत्पादन अभियान जोडिनुपर्ने उनले बताए ।

सम्मेलन उद्घाटन समारोहमा नेकपा प्रतिनिधि कृष्ण राना, नयाँ शक्ति पार्टीनेपालका नारायण खत्री, जिल्ला समन्वय समिति गोरखा उपप्रमुख जानुका अधिकारी, उद्योग वाणिज्य संघ गोरखाका जीवनज्योति श्रेष्ठ, जिल्ला सहकारी संघका प्रतिनिधि सुजन कुँवर, उपभोक्ता जिल्ला सहकारी संघका खेमराज अधिकारी, हेड्स नेपालका संस्थापक अध्यक्ष प्रतापराज वन्त, कोप्स सेन्टरका महासचिव रामचन्द्र शर्मा, कोप्स सेन्टरका केन्द्रीय सदस्य ख्यामनारायण पौडेल, मीनराज तिमिल्सिना, प्रेमराज भण्डारी, तुलसीप्रसाद पोखरेल, दिलीपराज देवकोटा, बिहानी एग्रोका संचालक प्रेम गिरी लगायतले कोप्स उत्पादन मोडलका आधारमा प्रदेशलाई आत्मनिर्भर बनाउन कोसेढुंगा सावित हुने बताए ।

उक्त सम्मेलनबाट अन्नपूर्ण साकोसका अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा १३ सदस्यीय कोप्स जिल्ला समिति गठन गरिएको छ ।

समिति सचिवमा बाराही साकोसका अध्यक्ष रमेशरमण खनाल, सदस्यमा लिगलिग साकोसबाट गुणप्रसाद न्यौपाने, गोर्खालीका विदुर बानियाँ, हाम्रो मिलिजुलीका चेतकुमारी श्रेष्ठ, ताकुकोट कृषि सहकारीका मोहन पनेरू, गण्डकीका  वेत्रावति बगाले, आदर्शका बाबुराम रोका, सूयोर्दय साकोसका बाबुराम कटेल, सिद्धिगणेश साकोसका काजीराम श्रेष्ठ, दूघपोखरी महिला सहकारीका रमा धिताल, भीमकुलका घनश्याम श्रेष्ठ, बालकन्या महिला साकोसका शान्ता सापकोटालाई चयन गरेको छ ।

सम्मेलनले गोरखामा सामूहिक लगानीमा एक सय रोपनी जग्गामा कोल्ड स्टोर सञ्चालन गर्दै जग्गाको स्थलगल अवलोकनसमेत गरेको कोप्स अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

कार्यक्रममा सहकारीको सात सिद्धान्तवाचन हिमचुली सहकारीका उपाध्यक्ष तुलसा मरहठ्ठाले गरेकी थिइन् ।

कोप्सका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सांगठानिक उद्देश्यबारे महासचिव रामचन्द्र शर्माले प्रकाश पारेका थिए ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग