वेगनास सरसफाइको १४ औं हप्ता

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
begnas

लेखनाथ, १२ जेठ। पोखरा लेखनाथ महानगरपालिका वडा ३१ मा रहेको वेगनास युवा क्लबको आयोजनामा शनिबार १४ औं हप्ताको सरसफाइ कार्यक्रम भएको छ ।

अभियानअन्तर्गत तालको माझीकुना भागमा सरसफाइ गरिएको क्लब अध्यक्ष राम रानाभाटले जानकारी दिए।कार्यक्रममा क्लबका युवासँगै बेगनास बस सञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद ढुंगाना, इलाका प्रहरी कार्यालय डाँडाकोनाकका सहायक प्रहरी निरीक्षक रामप्रसाद गौतम, सुन्दरीडाँडा इञ्चार्ज कुलबहादुर सारु लगायतले ऐक्यबद्धता जनाएका थिए ।सरसफाइ अभियानका अभियन्ता तथा बेगनास युवा क्लब अध्यक्ष राम रानाभाटले युवा क्लबले जनचेतनाका लागि मात्र अभियान सञ्चालन गरेको र सबैको सहयोगले मात्रै सरसफाइ कार्यक्रम सफल हुने बताए। क्लबले गत वर्षको माघ २० देखि साप्ताहिक रुपमा ताल आसपास सफाइ गर्दैआएको छ ।

ताल वरपर स्थानीय तथा बल्छी खेल्नेले गरेको फोहरले ताल संकटमा पर्ने हुँदा यसतर्फ सरसफाइ अत्यावश्यक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width