Worldlink ads

अनुपम साङ्गीतिक साँझ तयारी

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७५
anupam

पोखरा, १२ जेठ । पाँचौं अनुपम साङ्गीतिक साँझको तयारीका सर्न्दर्भमा शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल गरिएको छ।

सहभागीले विगतमा सम्पन्न कार्यक्रमले नेपाली साङ्गीतिक क्षेत्रमा विशेष महत्व राखेको बताएका थिए।

संस्थाका सल्लाहकार समेत रहेका पत्रकार बद्रिविनोद प्रतीकले पोखराबाट अनुपम म्युजिकले उद्देश्यमूलक ढङ्गले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको भन्दै इतिहासले यसको मूल्याङ्कन गर्ने राय व्यक्त गरे ।

पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले सङ्गीत र समाजसेवालाई अनुपमले जोडेर अघि बढेकोमा प्रशंसा गरे ।

जनसांस्कृतिक महासंघ प्रदेश ४ इञ्चार्ज मनकुमार श्रेष्ठले पोखराका साङ्गीतिक कार्यक्रममध्ये अनुपमको कार्यक्रम ‘अनुपम’ खालकै हुने गरेको बताए । सचिव रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अनुराग अधिकारीले आफ्नो नशा नशामा सङ्गीत बगेको भन्दै आफ्नो जीवन रहेसम्म कार्यक्रम सञ्चालन गर्ने बताए।

कार्यक्रममा सञ्चार उद्यमी देव क्षेत्री, रेन्बो चिल्ड्रेन होमकी प्रबन्ध निर्देशक गोमा ढकाल, नायक ताराबहादुर गुरुङ, गायक रामभक्त जोजिजू, हिसान कास्कीका अध्यक्ष डा रामजी शर्मा, तीर्थहरि स्मृति प्रतिष्ठानका अध्यक्ष वीरेन्द्र पालिखे, त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल लगायतले कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोखरा उद्योग वाणिज्य संघमा आगामी जेठ २६ मा हुने साँझमा रामभक्त जोजिजू, कर्म ग्याल्छेन, इतु जोजिजू, शीतल थापा, कौशल्या गुरुङ, टीका प्रसाईँ, तमन्ना गुरुङ, जयकुमार परियार, सञ्जीव पराजुली, दुर्गा मगर, दीलकुमारी मगर, सुदीप गुरुङ लगायतको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ।

विविध नृत्यसमेत प्रस्तुत गरिने सोही कार्यक्रममा गीतकार तीर्थ श्रेष्ठ, समाजसेवी गोमा ढकाल, सङ्गीतकार जयकुमार र गायक सञ्जीव पराजुलीलाई सम्मान प्रदान गरिने छ ।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग