शिक्षा सभ्यता विकासको आधार : पहारी

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
hemja photo

हेमजा, १० जेठ । अन्नपूर्ण गाउँपालिका-१, सिम्पालीस्थित सिर्जना सामुदायिक माध्यमिक विद्यालयको ३२ औं वाषिर्कोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह बिहीवार सम्पन्न भयो ।

समारोह उद्घाटन गर्दै प्रदेशसभा सदस्य राजीव पहारीले वर्तमान शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने माध्यम बनेकोमा दुखेसो प्रकट गर्दै अहिलेको शिक्षा प्रणालीमा परिवर्तन गरी श्रम, सीप, रोजगारी, संस्कार र सँस्कृतिसँग जोड्नुपर्ने बताए । उनले शिक्षा मानव सभ्यताको विकासको आधार भएको औँल्याए । मानिसका आवश्यकता एकातिर शिक्षा अकोर्तिर भएको उनको ठहर थियो ।

प्रदेशसभा सदस्य पहारीले संघ र प्रदेशमा बजेटको तयारी भइरहेको वर्तमान अवस्थामा आफूले फेवातालको संरक्षणका लागि पर्याप्त बजेट छुट्टाउन पहल जारी राखेको जानकारी दिए । विद्या, ज्ञान, बुद्घि, विवेक जति बाँडयो त्यत्ति बढ्दै जाने उनको तर्क थियो । अन्नपूर्ण १ मा तरकारी र कफी खेती साथै होमस्टेको सम्भावना रहेको उनले सुनाए।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले अहिलेको शिक्षालाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने तर्क गर्दै गाउँपालिकाले निर्माण गर्ने शिक्षा नितीलाई व्यवहारिक बनाइने प्रतिबद्घता व्यक्त गरिन् ।

कार्यक्रममा वडाध्यक्ष भरतजंग कुँवर, माछापुच्छे्र माविका प्रधानाध्यापक धनश्याम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गादत्त दाहाल, अभिभावक गायत्री अधिकारी र स्थानीय धनुष बचत तथा ऋण सहकारीका व्यवस्थापक विराज सुवेदीले धारणा राखेका थिए ।

शैक्षिक सत्र २०७४ को वाषिर्क प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रअ टीकाराम अधिकारीले अक्षयकोषदाता र विभिन्न संघसंस्थाको सहयोगले विद्यालय सञ्चालन भइरहेको जनाए ।

विद्यालयमा हाल कम्प्युटर ल्याव साथैर्र् इ-लाइब्रेरीको अवधारण अगाडि सारिएको चर्चा गर्दै प्रअ अधिकारीले दैनिक पाठयोजना निर्माण कार्यलाई शिक्षकमाझ कडाइ साथ लागू गरिएको बताए ।

कार्यक्रमबीच विद्यार्थीले पीटी तथा मार्चपास देखाएका थिए । त्यस्तै विद्यार्थी चाँदनी ठाकुर र फल्लापानी भजन समूहले सचेतनामूलक प्रस्तुति राखेका थिए । शैक्षिक तथा अतिरिक्त क्रियाकलापका पुरस्कार तथा विभिन्न छात्रवृत्ति समेत वितरण भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी सुवेदी अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक पर्वत ओझा र विद्यार्थी सञ्जय पौडेलले स्वागत तथा सञ्चालन शिक्षक वाला अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width