नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी ५ वर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने स्पष्ट पारेका छन् । उनले भने, “नौ महिना, १ वर्ष, २ वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररूपमा पाँचवर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।”
काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रम सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताए ।
“बहुदल अथवा गणतन्त्र स्थापनापछि ५ वर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले ५ वर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रूपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ,” उनले भने । उनले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी ५ वर्षको मार्गचित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
स्वदेश फर्किए कतारी अमिर
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१