नेपाली बजारमा हुवाई पी-२०

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५
mobile

पोखरा, १० जेठ । स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवाई पी-२० नेपाली बजारमा प्रवेश गरेको छ । विश्वमै पहिलोपल्ट लुइका ड्युल क्यामरासहित बजारमा आएको हुवाई पी-९ ले स्मार्ट फोन फोटोग्राफीको दुनियाँमा तरंग ल्याएको थियो ।

अति सूक्ष्म कणलाई समेत कैद गरी जीवन्त र अद्भूत तस्वीर निकाल्ने यो नयाँ क्यामेरा प्रविधिसहित बजारमा आएको हुवाई पी-२० सर्वाधिक आधुनिक स्मार्ट फोन क्यामेरा हो । व्यावसायिक फोटोग्राफरहरूले मात्र हैन, फोटोग्राफीमा सामान्य रुचि भएका जुनसुकै स्मार्ट फोन पारखीहरुले पनि हुवाई पी-२० प्रयोग गरेर अद्भूत तस्वीर निकाल्न सक्ने जनाइएको छ ।  प्रयोगकर्तालाई तस्वीरको कम्पोजिसन मिलाउन मद्दत गर्ने कृत्रिम क्षमता पनि यो स्मार्ट फोनमा उपलब्ध छ । हुवाई पी-२० सँग १२ मेगापिक्सल आरजिबी साथसाथै २० मेगा पिक्सल मोनोक्रोम क्यामेरा सेटअप पनि छ ।  यो स्मार्ट फोनमा सुपर स्लो मोसन फिचर पनि उपलब्ध छ, जसले गर्दा प्रति सेकेन्ड ९ सय ६० फ्रेमहरु  प्रयोग गरी जीवनका रोचक र अविष्मरणीय क्षणहरूको भिडियो निकाल्न सकिन्छ । ५.८ इञ्चको आरजिबीडब्लु स्क्रिनमा भिडीयो हेर्दा आनन्द आउँछ भने स्क्रिनलाई उज्यालो बनाई भिडियो हेर्दा पनि खासै धेरै व्याट्री खर्च हुँदैन । व्याट्री ३४ सय एमएच क्षमताको छ । ४ जिबी र्‍याम र १ सय २८ जिबी रोम छ । कालो र गाढा नीलो रंगमा उपलब्ध यो मोवाइलको बजार मुल्य ७४ हजार ९ सय रुपैयाँ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width