लायन्स पोखरा सराङ्कोटमा तिमिल्सिना

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७५

पोखरा, १० जेठ। पोखरामा बिहीवार नयाँ लायन्स क्लब स्थापना भएको छ । लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष युवाउद्यमी मोतिराज तिमिल्सिनाको पहलमा लायन्स क्लब अफ पोखरा सराङकोट स्थापना भएको हो ।

शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा सेवा गर्ने उद्देश्यले सो क्लब स्थापना गरिएको मिमिल्सिनाले जनाए।

लायन्स क्लबका नोमिनी डिष्ट्रिक एड्भाइजर सुदीपराज ढुंगानाले सामाजिक क्षेत्रमा युवालाई अग्रसर पार्न यस्ता क्लब आवश्यक भएको बताए।

महेशकुमार तिमिल्सिनाको अध्यक्षतामा गठित सो क्लबको प्रथम उपाध्यक्ष रामचन्द्र चपाई, द्वितीय उपाध्यक्ष मोतिलाल तिमिल्सिना, तृतीय उपाध्यक्ष रञ्जित थापा, सचिव उदय थापा, कोषाध्यक्ष टीकाराम चपाई, सहसचिव रामराज थापा र सहकोषाध्यक्ष प्रेम तिमिल्सिना रहेका छन्।

त्यस्तै मेम्बरसीप चेयरपर्सन नारायण अधिकारी, टेमर कृष्ण चपाइ, टेल टुविष्टर लिप्त थापा, पव्लिक रिलेसन अफिसर अर्जुन चपाई, युवा निर्देशक सुमन थापा, वातावरण निर्देशक विनोद परियार, अन्तर्राष्ट्रिय निर्देशक विष्णु तिमिल्सिना, शिक्षा निर्देशकमा अशोक शर्मा, एलसिआइएफ संयोजकमा हरि चपाई, स्वास्थ्य निर्देशक महेश थापा, रिपोर्र्टिङ अफिसरमा सुशान थापा, मिडिया निर्देशक शंकरजंग थापा र सदस्यमा सुरेश थापा, डिल्लीराम तिमिल्सिना र महादेव क्षेत्री तिमिल्सिना रहेका छन्।

क्लबले पर्यटकीय क्षेत्र सराङ्कोटको सामाजिक क्षेत्रमा थप योगदान दिने अध्यक्ष महेशकुमार मितिल्सिनाले बताए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width